१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

कोरोनाबाट तरकारी र फलफूल बचाउने ५ टिप्स



यतिबेला विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी फैलिएको छ । भाइरस विरुद्ध अहिलेसम्म कुनै खोप या औषधी पत्ता नलागेका कारण विश्व स्वास्थ्य संगठनले लगातार विश्वभरका मानिसहरुलाई सामाजिक दूरी कायम गरेर आफै सचेत बन्न सचेत गराइरहेको छ ।

यतिबेला कोरोनाबाट वच्न सक्ने सबैभन्दा पहिलो उपाय भनेको व्यक्ति स्वयंको सचेतता नै हो । तर, यति भन्दा भन्दै मानिसको आम दैनिकी चलाउनैका लागि पनि हिँडडुल नगरी सुखै छैन ।

बिहान उठेदेखि राति सुत्नेबेलासम्म घरबाहिर कुनै न कुनै कारणबाट परिवारका कोही न कोही सदस्य निस्कनै पर्ने बाध्यता छ । भान्छा चलाउनकै लागि परिवारबाहेक दोस्रो व्यक्तिसँगको सम्पर्कमा पुग्नैपर्ने बाध्यता छ । तर, यसलाई पनि सचेत बने भाइरसको संक्रमणबाट जोगिन सक्ने उपायबारे जानकारहरुले आम मानिसलाई सचेत बनाइरहेकै छन् ।

आज हामी भान्सामा दैनिक उपयोग गर्नैपर्ने तरकारी फलफूल बजारबाट ल्याइसकेपछि कसरी सुरक्षित बनाउने भन्नेबारेमा केहि टिप्स दिन चाहन्छौं ।

फलफूल र तरकारीको कसरी सफाई गर्ने ?

* बजारबाट ल्याउने तरकारी र फलफूललाई घरको अलग्गै ठाउँमा झोलामै केहीबेर राखिरहने

*  फलफूल र तरकारीलाई सावधानीपूर्वक मनतातो पानीले पखाल्ने

* अथवा ५० पीपीएम क्लोरिन हालेर पानीमा तरकारी र फलफूलाई डुबाउने तर, यो गर्दैगर्दा पानी चाहिँ पिउन योग्य स्वच्छ पानी नै हुनुपर्छ    नि

* फलफूल र तरकारी धुनका लागि कुनै किटाणुनाशक या साबुनको प्रयोग गर्दै नगर्ने

* सफाई गरिसकेपछि जुन तरकारी फलफूललाई रेफ्रिजेरेटरमा राख्नुपर्ने आवश्यकता पर्छ, त्यसलाई रेफ्रिजेरेटरमा राख्ने, अरु तरकारी        फलफूललाई खुला स्थानमा बास्केट या याकमा राख्ने

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ७ : ४२ बजे

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा, चुनावी प्रक्रियाबाट बसे टाढा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गएका छन् ।