१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा पुरानो मेडिकल कलेजका सीईओ सहित ४ डाक्टर पक्राउ



चितवन । पटक पटक विवादमा आइरहने चितवनको कलेज अफ मेडिकल साईन्सेस (पुरानो मेडिकल कलेज) का चार जना डाक्टरहरु पक्राउ परेका छन् ।

अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, किरण अधिकारी र बालकृष्ण कालाखेतीलाई पक्राउ गरेको स्रोतले बतायो । डा.सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि रहेको खुलेको छ ।

सोही प्रकरणमा जिल्ला प्रशासन कार्यालयका एक अधिकारी र अधिवक्ता पनि पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोबाट आएको टोलीले डाक्टरहरुलाई पक्राउ गरि काठमाडौं लगिदै छ । ब्युरोले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरेको स्रोतको भनाइ छ ।

पुरानो मेडिकल कलेजकै मिलेमतोमा एक जना नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरिएको खुलेको छ । उक्त प्रकरणमा उनीहरुको संलग्नता देखिएपछि पक्राउ गरिएको हो ।

ब्युरोको लामो समयको अनुसन्धानपछि डाक्टरहरु पक्राउ परेका हुन । भारतीय नागरिक भी नटराज र नगेन्द्र पम्पाटीले सँचालन गरेको सो मेडिकल कलेजले यसअघि करोडौ रकम कर नतिरेको भन्दै भरतपुर महानगरपालिकाले बन्द गर्ने चेतावनी दिएको समाचार सार्वजनिक भएको थियो ।

स्रोतका अननुसार नक्कली डकुमेन्ट बनाएर मृगौला प्रत्यारोपण गर्ने ती डाक्टरहरुलाई छुटाउन भी नटराज र नगेन्द्र पम्पाटीले प्रहरीमा चलखेल शुरु गरेका छन् ।

प्रहरीले भारतीय नागरिक भी नटराज र नगेन्द्र पम्पाटीलाई पनि अनुसन्धानको दायरामा ल्याउने तयारी गरेको स्रोतले बतायो ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ९ : १७ बजे

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा, चुनावी प्रक्रियाबाट बसे टाढा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गएका छन् ।

तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

कञ्चनपुर । जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै