३० असार २०८३, मंगलबार | July 14, 2026

२४ घण्टामा १४४ जना संक्रमित थपिए, १ हजार ७०५ जना निको भएर घर फर्किए



काठमाडौं । कोरोना भाइरसका संक्रमित निको हुने संख्या नेपालमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७०५ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १० हजार २९४ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो कुल संक्रमितको ६० दशमलव ७ प्रतिशत रहेको छ ।

विभिन्न आइसोलेसन सेन्टरमा ६ हजार ६१३ जना संक्रमितले उपचार गराइरहेका छन् । विभिन्न क्वारेन्टिन केन्द्रमा २३ हजार ४७० जना रहेका छन् ।

गत २४ घण्टामा ५ हजार ८५६ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमध्ये १४४ जना नयाँ संक्रमित थपिएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ६१३ रहेको छ । हालसम्म जम्मा संक्रमितको संख्या १६ हजार ९४५ रहेको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ४ : २६ बजे

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल

भारत-नेपाल सीमाबाट ‘शंकास्पद’ अमेरिकी नागरिक पक्राउ

बुटवल । भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको भारत–नेपाल सीमाबाट एक