३१ असार २०८३, बुधबार | July 15, 2026

समिरको टेलिश्रृंखला तयार भयो, खै कुरा बुझेको ?



काठमाडौं । हास्य टेलिश्रृंखला निर्माणमा अग्रसर भएको स्वस्तिक सिने आर्टस् र विनभ क्रिएसनले सञ्चारकर्मी समिर जोशीको लेखन तथा निर्देशन रहेको पारिवारिक हास्य टेलिश्रृंखला खै कुरा बुझेको ? को टिजर सार्वजनिक गरेको छ ।

निकै रमाइलो संवाद समेटिएको साढे दुई मिनेटको टिजर दर्शकहरुका लागि सार्वजनिक गरिएको हो ।

टेलिश्रृंखलामा शितल केसी, अस्मिता बस्नेत, निशा पाख्रिन, सबिता खड्का, सुस्मिता ख्याती, दिपेश बन्जारा, सागर गिरी, नमिता खड्का, सागर बस्नेत र समिर जोशीको अभियन रहेको छ ।

टेलिश्रृंखलाको शीर्ष गीतमा ज्योति खतिवडा र प्रमोद पाण्डेको स्वर छ । संगीत पनि प्रमोदकै छ ।

स्वस्तिक सिने आर्टस् र विनभ क्रिएसनको संयुक्त प्रस्तुतिमा निर्मित टेलिश्रृंखलाको निर्माता सागर बस्नेत हुन् ।

प्रत्येक शृंखलामा नयाँ कथावस्तु रहने निर्देशक जोशीले जानकारी दिए ।

उक्त टेलिश्रृंखला टिभी वन एचडी तथा अन्य टेलिभिजनमा प्रशारण हुने टेलिसिनेमाको बजार व्यवस्थापन पायोनियर मिडियाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ९ : १७ बजे

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत

बुटवलमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ लाखभन्दा बढी नक्कली नोट बरामद

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ नेपालगञ्जरोडस्थित एक पसलबाट नक्कली नेपाली

एक खर्ब निक्षेप सङ्कलन गर्न राष्ट्र बैंकको बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप

उचित मूल्य र बजार नपाएको भन्दै माईतीघरमा गोलभेँडा फालेर किसानको प्रदर्शन

काठमाडौं । स्वदेशी कृषि उत्पादनले उचित मूल्य र बजार नपाएको

ग्यासमा हुने कालोबजारी र पुराना सिलिन्डर नियन्त्रण गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित