१ असार २०८२, आइतबार | June 15, 2025

सरकारको बेरुजु : ९७ प्रतिशत बेरुजु संघीय सरकारको १० मन्त्रालयको मात्रै



काठमाडौं । महालेखा परीक्षकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिबेदनमा सबैभन्दा बढी बेरुजु राख्ने मन्त्रालयमा अर्थ मन्त्रालय देखिएको छ ।

६ खर्ब ६४ अर्व बेरुजु राख्नमा सरकारको मुख्य १० मन्त्रालयले भुमिका खेलेका छन् । १० मन्त्रालयले मात्र कुल बरुजुको ९७ प्रतिशत बेरुजु राखेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा निष्किएको कुल बेरुजु रकम मध्ये ९७ प्रतिशत बेरुजु मुख्य दश मन्त्रालयमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमध्ये सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयको रहेको छ ।

अर्थ मन्त्रालयको १९ अर्ब ६ करोड ६८ लाख रुपैयाँ बेरुजु रहेको छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १४ अर्ब रुपैयाँ, रक्षा मन्त्रालयको ९ अर्ब रुपैयाँ, प्रधानमन्त्री कार्यालयको ४ अर्ब रुपैयाँ, खानेपानी मन्त्रालयको ४ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।

यसैगरी, सहरी विकास मन्त्रालयको ३ अर्ब ३४ करोड रुपैयाँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २ अर्ब ९५ करोड रुपैयाँ, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको २ अर्ब ६३ करोड रुपैयाँ, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको २ अर्ब १४ करोड रुपैयाँ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको १ अर्ब ३८ करोड रुपैयाँ बेरुजु देखिएको छ ।

यसबाहेक अन्य मन्त्रालयहरुको कुल बेरुजु ६ अर्ब ५४ करोड ६० लाख रुपैयाँ देखिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ७ : २९ बजे

पाँचथरमा बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु, तीनको उपचार जारी

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी

एजेन्सी । इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको

संस्कृति जोगाउँदै समावेशी विकासमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मगर समुदायले प्रमुख

आज भूम्या पर्व, धुमधामकासाथ मनाइँदै, लुम्बिनीका ४ जिल्लामा सार्वजनिक विदा

नेपालगन्ज। मगर सुमदायको नयां वर्ष ल्होछार पछिको सबैभन्दा ठुलो पर्व

गर्मी नघटेपछि वीरगञ्जमा थप छ दिन विद्यालय बन्द

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अत्यधिक बढेको गर्मी नघटेपछि पुनः छ