२० मंसिर २०८२, शनिबार | December 6, 2025

सूर्य नेपाल प्रा. लि.ले गर्‍यो सात प्रदेशलाई एक एक करोडको सहयोग



काठमाडौं । सूर्य नेपाल प्रा.लि.ले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सातवटै प्रदेशलाई रु. १ करोडको दरले सहयोग गरेको छ ।

आज एक कार्यक्रमका वीच कम्पनीका भाइस प्रेसिडेण्ट कर्पोरेट, रवि केसीले १ करोडका दरले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई एक एक करोडको चेक हस्तान्तरण गरेका हुन ।

यस्तै सूर्य नेपाल प्रा.लि तनहुँका प्रमुख श्री बाबुराम कार्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई रु १ करोडको चेक हस्तान्तरण गरेका छन् । यस्तै प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशलाई पनि छिट्टै सहायता रकम हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ ।

सहयोग रकम प्रत्येक प्रदेशका कोरोना कोष अन्तर्गत   प्रदेश नं १ कोरोना जनसुरक्षा कोष, विराटनगर, प्रदेश २ कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष, जनकपुर,   बागमती प्रदेश कोरोनाभाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथाउपचार कोष, हेटौंडा, गण्डकी प्रदेश  कोरोनाभाइरस नियन्त्रण तथा उपचार कोष, पोखरा, प्रदेश ५ कोरोनाभाइरस नियन्त्रण तथा उपचार कोष, बुटवल, कर्णाली   प्रदेश विपद् व्यवस्थापन कोष, विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशः कोरोनाभाइरस नियन्त्रण तथा उपचार कोष, धनगढीलाई रु.१ करोड सहयोग बापत प्रदान गरिने कम्पनीले जनाएको छ ।

कोरोनाको जोखिम हाल नेपालमा जनस्तरमा फैलिरहेको र यसले जनसमुदायमा त्रास फैलाइरहेको सर्वविदितै रहेको अवस्थामा यस आर्थिक सहयोगबाट कोरोना भाइरस विरुद्ध लड्न हरेक प्रदेशलाई थप प्रेरणा र उर्जा मिल्ने विश्वास कम्पनीको लिएको छ ।

सूर्य नेपाल प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पनि देशमा दैवी तथा अन्य प्रकोपलाई प्राथमिकतामा राखी विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न सदैवतत्पर रहँदै लकडाउनको जटिल अवस्थामा पनि कोभिड प्रभावित जनतालाई राहत उपलब्ध गराउन बारा, पर्सा र तनहुँ जिल्लाका नगरपालिका तथा विभिन्न वडाहरुमासहयोग प्रदान गरेको थियो । आगामी दिनहरुमा समेत यस्ता सहयोगहरु निरन्तर गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ७ : ०९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले