१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते



बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको ट्याक्टर एकआपसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन् । मंगलबार बिहान भएको उक्त दुर्घटनामा मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू घाइते भएका हुन् ।

घाइतेमध्ये १३ जनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ भने ४ जनाको भीम अस्पताल भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । अन्य ४ जना विद्यार्थी सामान्य उपचारपछि डिस्चार्ज भई घर फर्किएका छन् ।

प्रहरीका अनुसार नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ८६७५ नम्बरको स्कुल बस र लु ३ त ३५३० नम्बरको ट्याक्टर रुपन्देहीको ओमसतिया गाउँपालिका-४ बसन्तपुर क्षेत्रमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले बिहानपख बाक्लो हुस्सु लागेकाले भिजिबिलिटी कम हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जानकारी दिए । उनका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले बस र ट्याक्टर दुवैका चालकलाई नियन्त्रणमा लिएर घटनाको कारणबारे अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ८ : ३५ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’