१६ चैत्र २०८२, सोमबार | March 30, 2026

कर्णाली प्रदेश विपद कोषमा सूर्य नेपालको एक करोड सहयोग



सुर्खेत । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालीले कर्णाली प्रदेश सरकारलाई कोरोना भाइरस विरूद्धको लडाईंका लागि १ करोड रूपैयाँ सहयोग गरेको छ ।

सुर्य नेपाल प्रा.लि.ले सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेश विपद् कोषमा शुक्रबार एक करोड रकम सहयोग गरेको हो ।

कर्णाली प्रदेश विपद् कोषमा निजी क्षेत्रबाट प्रदान गरिएको यो नै अहिले सम्मकै सबैभन्दा धेरै नगद रकम सहयोग हो ।

एक कार्यक्रमबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सूर्य नेपालका क्षेत्रीय प्रतिनिधिहरूले संयुक्त रूपमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण, राहत र उपचारका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद् कोषमा सूर्य नेपालको यति ठूलो रकम जम्मा भएको हो ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कोरोनाले निजी क्षेत्र समेत प्रभावित भएको अवस्थामा पनि हातेमालो गर्दै सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद दिए । मुख्यमन्त्री शाहीले सूर्य नेपाल प्रा.लि. जस्तो बहुराष्ट्रिय कम्पनीले नाफासँगै सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा खुशी व्यक्त गर्दै प्रशंसा गरे ।

सूर्य नेपाल प्रा.लि. को तर्फबाट क्षेत्रीय विक्रि प्रवन्धक दामोदर शर्मा, कर्णाली प्रदेश इन्चार्ज दिनेश शाह, सुर्खेतका अधिकृत विक्रेता सिर्जना स्टोरका प्रोपराईटर विष्णु बहादुर शाही र देउती एजेन्सीका प्रोपराईटर टेक बहादुर भण्डारीले कार्यक्रममा उपस्थित थिए ।

कोरोना भाईरसको रोकथाम, नियन्त्रण, उपचार र राहतका लागि सात वटै प्रदेशमा स्थापित कोषमा सुर्य नेपाल प्रा.लि. को तर्फबाट एक/एक करोड रकम सहयोग गरिएको क्षेत्रीय विक्रि प्रवन्धक शर्माले जानकारी दिए ।

अधिकृत विक्रेता सिर्जना स्टोरका प्रोपराईटर विष्णु बहादुर शाहीले कम्पनीसँगको सरसल्लाहमा यहाँका जनतालाई राहत पु-याउन सानो भएपनि सहयोग रकम प्रदेश सरकारको कोषमा जम्मा गर्न सफल भएको बताए ।

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले चुरोड, मंगलदीप अगरबत्ती, तीर सलाई र ट्रफी चक्लेट उत्पादन तथा बिक्रि वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ९ : २४ बजे

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज

लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा तत्काल रिहाको आदेश आएन, कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा