२० भदौ २०८३, शनिबार | September 5, 2026

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर



नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला परेकी युवतीको सनाखत भएको छ ।

गएराति बाँकेको नेपालगंज उपमहानगरपालिका-१२ कोरियनपुरमा जलेको अवस्थामा सडकमा मृत भेटिएकी युवती सोही स्थानकी २२ वर्षीया सृजना बुढा रहेको खुलेको हो। बुढाका आफन्तहरु अस्पताल पुगेर मृतकको सनाखत गरेको प्रहरीले जनाएको छ ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार मृतकले २ दिन अगाडी मात्र आफुलाई कुटपिट भएको भन्दै एकजना युवक विरुद्ध उजुरी दिएपछि प्रहरीले पक्राउ गरेकोमा मृतक बुढाकै आग्रहमा मिलापत्र गरेर प्रहरीले छाडेको थियो । घटनास्थलमा सलाई र आगलागी हुने पदार्थको गन्ध आएको प्रहरी उपरीक्षक जिसीले बताए ।

प्रारम्भीक अनुसन्धानमा मृतक बुढाले यसअघि नै एक पुरुषसँग बिबाह गरि उनीबाट एक सन्तान समेत जन्मदिएर पछि सम्बन्ध बिच्छेद गरेर बसेको खुलेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार मृतक बुढा केही महिना पहिले नेपालगन्जको न्यूरोड स्थित एक होटलमा छापा मार्नेक्रममा प्रहरी नियन्त्रणमा समेत परेकी थिइन् ।

पछिल्लो समय बुढा नेपालगन्ज रानीतलाउ नजिकका एक युवकसँग ‘लिभिङ टुगेडर’मा बस्दै आएको पनि खुलेको एसपी जिसीले बताए । घटनाबारे आत्महत्या तथा कर्तब्यज्यान अभियोगमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। घटनाको शुक्ष्म अनुसन्धान भइरहेको भन्दै लिभिङ टुगेडरमा रहेका र कुटपिट अभियोगमा पक्राउ परेर छाडिएका पुरुषको नाम भने उनले खुलाएनन् ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  १ : ३१ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार