४ पुस २०८२, शुक्रबार | December 19, 2025

सुनसरीको नेपाल भारत सिमा हरिवनमा सशस्त्र प्रहरी र अपराधीक समूहबीच झडप, २ जना घाईते



धरान । सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिकाको घुस्कीमा गएराति सिमा वारपार गर्ने अपराधीक समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ ।

सिमामा अपराधीक क्रियाकलाप गर्ने समूहले सशस्त्र प्रहरीले बोकेको हतियार खोस्न खोज्दा झडप भएको बताईएको छ । हतियार खोसाखोसा हुने क्रममा गोली लागि १ जना अपराधीक समूहका एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

सशस्त्र प्रहरीको नम्वर ४ गण सुनसरीका प्रमुख एसपी कृष्ण ढकालले दिएको जानकारी अनुसार, हरीनगर गाउँपालिका ७ को घुस्कीमा राति भारतबाट आएका समूहले डिउटीमा खटिएका सशस्त्र प्रहरीले बोकेको हतियार खोस्ने क्रममा लोड गरिएको बन्दुक पड्किँदा एक जना तस्करको पेटमा गोली लागि गम्भीर घाइते भएका छन् ।

घाइते हुने हरीनगर ७ घुस्कीका २० वर्षीय सहजद जट अन्सारी रहेका छन् । उनको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

झडपको क्रममा एक जना सशस्त्र प्रहरी जवान पनि घाईते भएका छन् । झडपका क्रममा सशस्त्र प्रहरी जवान जीवराज विसुन्खे पनि घाईते भएको सशस्त्र प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको छ । घाईते जवान विसुन्खेको पकली हस्पिटलमा राखेर उपचार गरिरहेको छ ।

भारत तर्फबाट राति सामान ओसारपसार गर्ने समूहले सिमामा खटिएका सशस्त्र प्रहरीको हतियार खोस्न खोजेपछि राति ९ बजे झडप भएको थियो ।

भारत तर्फबाट तस्करको ठूलै समूहले बीओपीमा खटिएका सुरक्षाकर्मीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले पुष्टि गरेको छ ।

घटनास्थलमा अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १२ : ५५ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज