११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

कर्णाली राजमार्गको कालिकोट खण्डमा पहिरो, सडक अवरुद्ध हुँदा यात्रु र सवारी अलपत्र



कालिकोट । कर्णाली राजमार्गअन्तर्गतको कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यात्रु तथा मालबाहक साधनका अलपत्र परेका छन् ।

लगातारको वर्षापछि कालिकोटदेखि जुम्लाका विभिन्न स्थानमा पहिरो जानुका साथै खोलामा पानीको बहाव बढ्न थालेपछि सडक यातायात अवरुद्ध बनेको छ ।

जिल्लाको टाकुल्ला, चौखोलालगायतका ठाउँमा गएको पहिरोले समस्या आएको छ । पछिल्लो समयमा दुई दिनदेखि तिलागुफा नगरपालिकाको टाकुल्लामा आएको बाढीका कारण थुप्रै यात्रु तथा मालवाहक गाडी रोकिएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए ।

सडक सञ्चालनका लागि स्थानीयवासी, प्रहरी, तिलागुफा नगरपालिकाको डोजरमार्फत पहिरो पन्छाउने काम भइरहेको छ ।

कर्णाली राजमार्गको सुनारखोला, पिली, मान्मलगायतका ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ६ : २४ बजे

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर

काठमाडौं । राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा