२० माघ २०८२, मंगलबार | February 3, 2026

स्वास्थ्य मापदण्ड पालना नगर्ने ५ सय बढी सार्वजनिक सवारी साधन ट्राफिक कारवाहिमा



काठमाडौँ । सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरीबढी यात्रु बोकेर सञ्चालन भएका यात्रुबाहक बसलाई महानगरीय ट्राफिकले कारवाहि थालेको छ । सरकारले तोकेको मापदण्ड बिपरित बढी सवारी बोक्ने यात्रुवाहक सार्वजनिक भाडाका ३० वटा सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको हो ।

कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरी सम्बन्धित जिल्लाभित्र सञ्चालन आएका सार्वजनिक यातायातलाई विशेष चेकजाँचमार्फत कडाई गरिएको प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

नियन्त्रणमा लिएका सवारी साधनलाई आज दिनभर नियन्त्रण लिई आगामी दिनमा गल्ती नगर्न भनि सम्झाई बुझाई छाडिएको ढकालले बताए ।

सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पन्जासहित मास्क पनि लगाउनुपर्ने, सिटको आधा मात्रै यात्रु चढाउनु पर्ने, सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने जस्ता व्यवस्थालाई दुरूस्त पालना गराउनको लागि ४४ वटै ट्राफिक कार्यालयबाट विशेष टोली परिचालन गरिएको महाशाखाले जनाएको छ ।

सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न,यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गर्नेजस्ता कार्यहरू गर्न आग्रह गर्दै ५५८वटा भाडाका सवारी साधनलाई सम्झाईबुझाई गरेकोपनि महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १० : ५२ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली