८ बैशाख २०८१, शनिबार | April 20, 2024

आजदेखि घट्यो विद्युत महशुल, निःशुल्कदेखि २५ प्रतिशतसम्म छुट, यस्तो छ विद्युतको नयाँ महशुल दर



काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आजदेखि भारी छुट सहितको नयाँ बिलिङ प्रणाली जारी गरेको छ। विद्युत नियमन आयोगले समायोजन गरे अनुसार नयाँ महसुल दर कायम गर्दै प्राधिकरणले आजदेखि बिलिङ सिस्टम अपग्रेड गरेको हो।

पहिले प्रतियुनिट ३ रुपैयाँदेखि अधिकतम १४ रुपैयाँसम्म महसुल लाग्ने गरेकोमा अब भने १० युनिटसम्मको बिद्युत खपतको महशुल उठ्ने छैन । नयाँ समायोजित दर अनुसार अधिकतम महसुल पनि विभिन्न क्षेत्रमा घटेकाले त्यसै अनुसार बिलिङ सिस्टम समायोजन गरिएको प्राधिकरणले जनाएको छ ।

नयाँ महसुल दर अनुसार १५० युनिटसम्म मात्रै खपत गर्ने ग्राहकले २५ प्रतिशत छुटसहितको बिल पाउने छन् भने २५० युनिटसम्म खपत गर्नेले १५ प्रतिशत छुट पछिको बिल पाउने छन्।

१० युनिटमात्रै खपत गर्ने ग्राहकलाई इनर्जी शुल्क पुरै छुट भए पनि ११ युनिट खपत गरेमा भने प्रतियुनिट ३ रुपैयाँका दरले ११ युनिटकै मूल्य तिर्नु पर्नेछ।

१० युनिटभित्र खपत गर्ने ग्राहकले डिमाण्ड शुल्क ३० रुपैयाँमात्रै तिरे पुग्नेछ। तर ११ युनिट खपत भएमा भने ११ युनिटकै ३ रुपैयाँका दरले थप ३३ रुपैयाँ महसुल तिर्नुपर्ने हुन्छ। तर १५० युनिटसम्मको खपतमा २५ प्रतिशत छुट पाउने भएकाले उपभोक्ताले ११ युनिटको २५ रुपैयाँ र डिमाण्ड शुल्क ३० रुपैयाँ गरि ५५ रुपैयाँ तिर्नु पर्नेछ।

खपत अनुसार लाग्ने महसुल दरमा १५० युनिट खपत गर्दा १३ सय ४० रुपैयाँ महसुल लाग्छ। यसमध्ये डिमान्ड शुल्कबाहेकको १२४० रुपैयाँ महसुलमा २५ प्रतिशत छुट पाउने छन्।

त्यस्तै २५० युनिटसम्म खपत गर्ने ग्राहकले १५१ युनिटदेखि २५० युनिटसम्म प्रति युनिट १० रुपैयाँका दरले थप एक हजारसहित २२ सय ४० रुपैयाँ महसुल तिर्नुपर्छ। जस अनुसार २२ सय ४० रुपैयाँको १५ प्रतिशत छुटपछि १९ सय ४ रुपैयाँ महसुल र १२५ रुपैयाँ डिमाण्ड शुल्क गरि २ हजार २९ रुपैयाँ मात्रै महसुल तिर्नु पर्नेछ।

प्राधिकरणका अनुसार महसुल समायोजन गर्दा १५ प्रतिशतसम्म महसुल सस्तो भएको छ। साउन ५ गतेपछि आउने बिलिङमा नयाँ दरले बिलिङ हुने प्राधिकरणले जनाएको छ ।

सरकारले बजेटमार्फत घोषणा गरेको १५० युनिट र २५० युनिटसम्मको महसुलमा क्रमशः २५ र १५ प्रतिशत छुट घोषणा गरेको दर चालु आर्थिक वर्षको सुरुवातसँगै लागू गर्नुपर्ने भएकाले प्राधिकरणले साउन १ गतेदेखिनै बिलिङ प्रणाली अपग्रेडको काम सुरु गरेको थियो।

आइतबार सिस्टम अपग्रेडको काम सकिएकाले सोमबारदेखि भुक्तानी हुने बिलमा नयाँ दर कायम गरिएको हो।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ४ : २७ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा