४ पुस २०८२, शुक्रबार | December 19, 2025

सप्तकोशी नदीमा यसवर्षकै उच्चवहाव, नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन प्रशासनको चेतावनी



सुनसरी । माथिल्लो जलाधार क्षेत्रमा अविरल वर्षा कायम रहेसँगै सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको छ ।

मंगलबार बिहान गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ४२ हजार ९ सय ७० क्युसेक पुगेको छ । यो मापन यो वर्षकै उच्च भएको कोशी व्यारेज कन्ट्रोल शाखाले जनाएको छ ।

कन्ट्रोल शाखाका अनुसार कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ । नदीको बहाव उच्च भएपछि ब्यारेजका ५६ मध्ये ४७ वटा ढोका खोलिएको छ ।

ब्यारेजमा रहेको दुबै तर्फको नहर पनि बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको बताईएको छ ।

पानी पर्ने क्रम नरोकिएकाले पानीको बहाव अझै बढ्न क्रम जारी छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ ।

नदीको दुईतिर रहेका सुनसरी र सप्तरी जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रमा बुधबार बिहानसम्म उच्च सतर्कताका साथ रहन वा सुरक्षित स्थानमा जान सर्व साधारणलाई सूचित गरेको छ । प्रहरीले नदी टटीय क्षेत्रका स्थानीयबासीलाई सतर्क रहन माईकिङ गरेर सुचित गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १० : ३२ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज