४ पुस २०८२, शुक्रबार | December 20, 2025

सुनको मूल्य अहिलेसम्मकै उच्च, बुधबार सुन प्रति तोला ९४ हजारमा कारोबार



काठमाडौं। सुनको मूल्य बढेर आजसम्मकै सबै भन्दा उच्च मूल्यमा पुगेको छ। बुधवार एकै दिन तोलामा १३ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार प्रति तोलामा कारोबार भएको छ ।

आज कारोबार भएको मुल्य अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। कोरोनाको माहामारीका कारण अन्तर्राष्ट्रिय बजारमा पारेको प्रभावसँगै सुन प्रतितोला एक लाख पुग्न सक्ने अनुमान गरिएको थियो। दिनदिनैको उकालो लाग्दो सुनको मूल्यले प्रति तोला १ लाख सम्म पुग्ने संकेत गरेको छ।
नेपाली बजारमा मंगलबार सुन तोलाको ९२ हजार ७ सय र सोमबार ९२ हजार ३ सयमा कारोबार भएको थियो।

चाँदी पनि हालसम्मकै उच्च मूल्यमा पुगेको छ। अघिल्लो दिनका तुलनामा तोलामा ९५ रुपैयाँले बढेर बुधबार प्रतितोला ११ सय ३५ रुपैयाँ पुगेको छ। मंगलबार तोलाको एक हजार ४० र सोमबार १ हजार रूपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार बिहान सुन प्रतिऔंस १८५७।०१ डलर पुगेको छ भने चाँदी प्रतिऔंस २२।३६ डलर पुगेको छ। सोमबार १८०८।०१ डलर प्रतिऔंस पुगेको सुन मंगलबार १८१७।७४ डलरमा कारोबार भएको थियो। सोमबार प्रतिऔंस १९।३० डलर रहेको चाँदी पनि बढ्दै मंगलबार प्रतिऔंस कारोबार मूल्य २०।२७ पुगेको थियो।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  २ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको