१६ चैत्र २०८२, सोमबार | March 31, 2026

सुनको मूल्य अहिलेसम्मकै उच्च, बुधबार सुन प्रति तोला ९४ हजारमा कारोबार



काठमाडौं। सुनको मूल्य बढेर आजसम्मकै सबै भन्दा उच्च मूल्यमा पुगेको छ। बुधवार एकै दिन तोलामा १३ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार प्रति तोलामा कारोबार भएको छ ।

आज कारोबार भएको मुल्य अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। कोरोनाको माहामारीका कारण अन्तर्राष्ट्रिय बजारमा पारेको प्रभावसँगै सुन प्रतितोला एक लाख पुग्न सक्ने अनुमान गरिएको थियो। दिनदिनैको उकालो लाग्दो सुनको मूल्यले प्रति तोला १ लाख सम्म पुग्ने संकेत गरेको छ।
नेपाली बजारमा मंगलबार सुन तोलाको ९२ हजार ७ सय र सोमबार ९२ हजार ३ सयमा कारोबार भएको थियो।

चाँदी पनि हालसम्मकै उच्च मूल्यमा पुगेको छ। अघिल्लो दिनका तुलनामा तोलामा ९५ रुपैयाँले बढेर बुधबार प्रतितोला ११ सय ३५ रुपैयाँ पुगेको छ। मंगलबार तोलाको एक हजार ४० र सोमबार १ हजार रूपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार बिहान सुन प्रतिऔंस १८५७।०१ डलर पुगेको छ भने चाँदी प्रतिऔंस २२।३६ डलर पुगेको छ। सोमबार १८०८।०१ डलर प्रतिऔंस पुगेको सुन मंगलबार १८१७।७४ डलरमा कारोबार भएको थियो। सोमबार प्रतिऔंस १९।३० डलर रहेको चाँदी पनि बढ्दै मंगलबार प्रतिऔंस कारोबार मूल्य २०।२७ पुगेको थियो।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  २ : १४ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित