२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

मन्त्री अर्यालद्वारा कालिगण्डकी गाउँपालिकामा राहत वितरण



स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जाको कालिगण्डकी गाउँपालिकास्थित पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई राहत सहयोग गरेकी छिन् ।

असार ३० गतेको पहिरोमा परी मृत्यु भएका मृतकका परिवार र विस्थापित परिवारलाई मन्त्री अर्यालले पठाएको राहत वितरण गरिएको हो ।

पहिरोमा पुरिएर मृत्यु भएका कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ खहरे निवासी इमानसिंह राना, गिमानसिंह थापा, टिकाबहादुर थापा, प्रेमचन्द्र पाण्डेलाई नगदसहित खाद्यान्न, कम्बल, त्रिपाल लगायतका सामग्रीहरु वितरण गरिएको हो ।

पहिरोमा परी घाइते भएका घाइतेहरु होमनाथ पाण्डे, बिरबहादुर रानालाई पनि राहत वितरण गरिएको थियो ।

मन्त्री अर्यालले सचिवालयका स्वकीय सचिव बुद्ध घर्तीमार्फत मृतकप्रति श्रद्धान्जली मृतकका परिवारमा समवेदना तथा घाइतेहरुको स्वास्थलाभको कामना सन्देश पठाएकी छिन् ।

मन्त्री अर्यालद्वारा जारी सन्देशमा वर्षाका कारण आफु उपस्थित हुन नसकेपनि आफ्नो तर्फबाट रहने साथ, सहयोग सधैं रहने जनाइएको छ ।

त्यसक्रममा, संघीय सरकारका तर्फबाट १ लाख र प्रदेश सरकारबाट ५० हजार र स्थानीय सरकारका तर्फबाट ३० हजार रुपैयाँ सहयोग मृतकका परिवारलाई नगद सहयोग गरिएको छ ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानद्वारा राहत हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ५ : ३० बजे

रास्वपा केन्द्रीय समिति बैठक बुधबार

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न समसामयिक विषयमा

सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध

नयाँ सरकारको पहिलो नीति कार्यक्रम

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ

धादिङको बैरेनीमा तीन सवारी एकापसमा ठोक्किँदा ३७ जना घाइते, ३४ जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ बैरेनीमा तीन वटा

‘मोबाइल’को निउँमा भनाभन हुँदा…

चितवन । धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको