१ पुस २०८२, मंगलबार | December 17, 2025

दोहोरो अङ्कले घट्यो नेप्से



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७ दशमलव५० अङ्कले घटेर एक हजार ४३२ दशमलव ४४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ९० अङ्कले घटेर ३०३ दशमलव १४ मा पुगेको छ ।

बुधबार कूल १८३ कम्पनीका ३५ लाख ८६ हजार कित्ता शेयर एक अर्ब ५३ करोड २५ लाख ११ हजार ७१६ मा खरिद बिक्री भयो ।

कारोवार भएका कूल १२ मध्ये दुई उपसमूहको शेयर मात्र बढेको छ । होटल १३४दशमलव४५ र सामूहिक लगानी कोषको शेयर ०दशमलव०७ अङ्कले बढेको छ ।

बैंकिङ २१ दशमलव५१, व्यापार ७दशमलव९४, विकास बैंक ३दशमलव८३, जलविद्युत् १३ दशमलव०३, वित्त ७ दशमलव१६, निर्जीवन बीमा ५ दशमलव५४, उत्पादन २० दशमलव९५, अन्य १४ दशमलव३४, लघुवित्त १५ दशमलव१ र जीवन बीमा ७१ दशमलव६ अङ्कले घटेको छ ।

कारोवार रकमका आधारमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको शेयर १८ करोड १५ लाख ८४ हजार ८२१ मा खरिद बिक्री भयो ।

त्यस्तै नेपाल पुनःबीमा कम्पनी रु १६ करोड २३ लाख ७६ हजार २६७, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु नौ करोड ९२ लाख ६९ हजार ६५५, एनएमबी बैंकको आठ करोड १३ लाख ७३ हजार ३४०, हिमालयन डिष्टिलरी लिमिटेड सात करोड ४८ लाख ८७ हजार ४७६ र एनआइसी एशिया बैंकको शेयर सात करोड १३ लाख चार हजार ५१७ मा खरिद बिक्री भयो ।

ओरियन्टल होटल लिमिटेडका लगानीकर्ताले आज सबैभन्दा बढी १० प्रतिशतले कमाए । यस्तै तारागाउँ रिजेन्सी होटल ९ दशमलव९५, सोल्टी होटल ९ दशमलव ४९, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था ६ दशमलव ४८, श्रीराम सुगर मिल्स ६ दशमलव२७ र हिमाल दोलखा हाइड्रोपावर कम्पनीका शेयरधनीले ५ दशमलव४३ प्रतिशतले कमाए ।

यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्था ८ दशमलव ६१, घलेम्दी हाइड्रोपावर ६दशमलव ९०, सिनर्जी पावर डेभलपमेन्ट ६ दशमलव ५४, जोशी हाइड्रोपावर ५ दशमलव ८८, रिडी हाइड्रोपावर ५दशमलव ८१ र मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशमलव ८० प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : ०२ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष