३१ असार २०८३, बुधबार | July 15, 2026

साहुको पैसा ठगेर युवतीसहित होटलमा मस्ती, ऋण नतिर्न अपहरणमा परेको बहाना



काठमाडौं । अपहरणमा परेको नाटक गरेर तिर्न बाँकी रहेका साहुसँग बच्ने उपाय निकालेका एक जना व्यक्ति युवती सहित होटलको कोठामा फेला परेका छन् ।

परिवारको सदस्यबाट प्रहरीमा अपहरणमा परेको भन्ने उजुरीका आधारमा खोजी गर्ने क्रममा प्रहरीले काठमाडौ महानगर ४ चुनदेवी बस्ने शक्तिराज रेग्मीलाई बसपार्क स्थित एक होटलको कोठाबाट युवती सहित पक्राउ गरेको छ ।

गत असार २३ गते रेग्मीले परिवारलाई फोन गरेर आफु अपहरणमा परेको सुचना दिएका थिए । अपहरणको परेको खबरका आधारमा परिवारका सदस्यले खोजीगरि पाउँ भनि प्रहरीमा निबेदन गरेपछि प्रहरीले खोजी गर्न थालेको थियो ।

प्रहरीका अनुसार बिभिन्न व्यक्तिहरुबाट कारोबार गर्न भन्दै नगद सापटी लिएका रेग्मी घरबाट निस्केर आफै सम्पर्कविहिन भई अपहरणको नाटक गरी घर परिवारलाई खबर गरेका थिए । परिवारको निवेदनका आधारमा खोजतलास गर्दा प्रहरीले नयाँ बसपार्क स्थित सुगन्ध होटलमा युवतीसँग बसेको अवस्थामा फेला पारेको थियो ।

पक्राउ परेका रेग्मीले विभिन्न व्यत्तिmहरूसँग जग्गा व्यवसाय गर्छु भन्दै करोडौ रुपैयाँ लिएको र पैसा तिर्नु नपरोस भनि अपहरणको नाटक गरेको बयान दिएका थिए । अपहरणमै नपरेका रेग्मीले प्रहरीलाई अनावश्यक हैरानी दिएर राज्यको स्रोत साधनहरूको समेत दुरूपयोग भएकोले उनीमाथि थप कारवाही हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : ०९ बजे

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत