२६ असार २०८२, बिहिबार | July 10, 2025

साहुको पैसा ठगेर युवतीसहित होटलमा मस्ती, ऋण नतिर्न अपहरणमा परेको बहाना



काठमाडौं । अपहरणमा परेको नाटक गरेर तिर्न बाँकी रहेका साहुसँग बच्ने उपाय निकालेका एक जना व्यक्ति युवती सहित होटलको कोठामा फेला परेका छन् ।

परिवारको सदस्यबाट प्रहरीमा अपहरणमा परेको भन्ने उजुरीका आधारमा खोजी गर्ने क्रममा प्रहरीले काठमाडौ महानगर ४ चुनदेवी बस्ने शक्तिराज रेग्मीलाई बसपार्क स्थित एक होटलको कोठाबाट युवती सहित पक्राउ गरेको छ ।

गत असार २३ गते रेग्मीले परिवारलाई फोन गरेर आफु अपहरणमा परेको सुचना दिएका थिए । अपहरणको परेको खबरका आधारमा परिवारका सदस्यले खोजीगरि पाउँ भनि प्रहरीमा निबेदन गरेपछि प्रहरीले खोजी गर्न थालेको थियो ।

प्रहरीका अनुसार बिभिन्न व्यक्तिहरुबाट कारोबार गर्न भन्दै नगद सापटी लिएका रेग्मी घरबाट निस्केर आफै सम्पर्कविहिन भई अपहरणको नाटक गरी घर परिवारलाई खबर गरेका थिए । परिवारको निवेदनका आधारमा खोजतलास गर्दा प्रहरीले नयाँ बसपार्क स्थित सुगन्ध होटलमा युवतीसँग बसेको अवस्थामा फेला पारेको थियो ।

पक्राउ परेका रेग्मीले विभिन्न व्यत्तिmहरूसँग जग्गा व्यवसाय गर्छु भन्दै करोडौ रुपैयाँ लिएको र पैसा तिर्नु नपरोस भनि अपहरणको नाटक गरेको बयान दिएका थिए । अपहरणमै नपरेका रेग्मीले प्रहरीलाई अनावश्यक हैरानी दिएर राज्यको स्रोत साधनहरूको समेत दुरूपयोग भएकोले उनीमाथि थप कारवाही हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : ०९ बजे

मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा

जनकपुर । मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशलाई

पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

काठमाडौँ । उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

करदाता शिक्षा र कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालयलाई करको दर भन्दा करको दायरा

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

काठमाडौँ । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच

आगलागीमा परेर काठमाडौंमा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा