४ पुस २०८२, शुक्रबार | December 19, 2025

ग्लोबल आइएमईले ल्यायो सस्तो ब्याजदरमा आवास, अटो र सेयर खरिद कर्जा, माग गरेको तीन दिनमा कर्जा प्रवाह हुने



काठमाडौं । ग्लोबल आइएमई बैंकले न्यून व्याजदरमा घर, गाडी र शेयरको धितो कर्जा तीन दिनमै प्रावह गर्ने योजना ल्याएको छ ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिने ग्राहकलाई तीन दिनमै उपलब्ध गराउने आकर्षक योजना ल्याएको हो ।

बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले छोटो अवधिमै यी कर्जाहरु प्रवाह गर्न लागेको जनाएको छ  ।

ग्लोबल घर कर्जा अन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको लागि ८.७५ प्रतिशत व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् साथै कर्जाको व्याजदर १ वर्षसम्म घटबढ हुने छैन । त्यसैगरी बैंकले ८.९९ प्रतिशतमा गाडी कर्जा र ९.४९ प्रतिशतमा शेयरको धितोमा कर्जा प्रवाह गर्ने योजना ल्याएको छ ।

कर्जा लिन चाहने महानुभावहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिन भित्र विना झन्झट कर्जा प्राप्त गर्न सक्ने बैंकले दाबी गरेको छ ।

बैंकको नेपालभरी फैलिएका ग्लोबल आइएमई बैंकका सम्पूर्ण सबै शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्ने जनाउँदै बैंकले सिमित अवधिको लागि ल्याएको योजनाबाट लाभ लिन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको