२० माघ २०८२, मंगलबार | February 4, 2026

ग्लोबल आइएमईले ल्यायो सस्तो ब्याजदरमा आवास, अटो र सेयर खरिद कर्जा, माग गरेको तीन दिनमा कर्जा प्रवाह हुने



काठमाडौं । ग्लोबल आइएमई बैंकले न्यून व्याजदरमा घर, गाडी र शेयरको धितो कर्जा तीन दिनमै प्रावह गर्ने योजना ल्याएको छ ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिने ग्राहकलाई तीन दिनमै उपलब्ध गराउने आकर्षक योजना ल्याएको हो ।

बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले छोटो अवधिमै यी कर्जाहरु प्रवाह गर्न लागेको जनाएको छ  ।

ग्लोबल घर कर्जा अन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको लागि ८.७५ प्रतिशत व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् साथै कर्जाको व्याजदर १ वर्षसम्म घटबढ हुने छैन । त्यसैगरी बैंकले ८.९९ प्रतिशतमा गाडी कर्जा र ९.४९ प्रतिशतमा शेयरको धितोमा कर्जा प्रवाह गर्ने योजना ल्याएको छ ।

कर्जा लिन चाहने महानुभावहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिन भित्र विना झन्झट कर्जा प्राप्त गर्न सक्ने बैंकले दाबी गरेको छ ।

बैंकको नेपालभरी फैलिएका ग्लोबल आइएमई बैंकका सम्पूर्ण सबै शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्ने जनाउँदै बैंकले सिमित अवधिको लागि ल्याएको योजनाबाट लाभ लिन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : ५८ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको