३१ असार २०८३, बुधबार | July 15, 2026

आजको मौसम : देशभर सामान्य बदली, केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना



काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।

यसकासाथै मनसूनी न्युन चापीय रेखा पश्चिमी भू–भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू–भागमा नेपाल नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भईरहेको विभागले जनाएको छ ।

पश्चिमी पहाडी क्षेत्रमा गएराती भारी वर्षा मापन भएको छ । तसर्थ भिरालो क्षेत्रमा पहिरोको जोखिम उत्पन्न हुन सक्छ ।

त्यस्तै मध्य र तराइका क्षेत्रका बाढी पहिरोको जोखिमयुक्त स्थानमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ७ : ३२ बजे

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत