१६ चैत्र २०८२, सोमबार | March 31, 2026

१ हजारको नोटमा ५१ वर्षे अफ्रिकन हात्तीको रजाईंको अन्त्य, नेपाली जुम्ल्याहा हात्ती सहितको नोट बजारमा



काठमाडौं । एउटा हात्ती मात्र भएको १ हजारको नोट प्रयोग गरिरहनुभएको तपाईंको हातमा २ वटा हात्ती भएको नोट हात परेमा नक्कली हो की भने आशंका गर्नु पर्दैन । किनकी, बुधबारबाट नेपाल राष्ट्र बैंकले एउटा हात्ती भएको नोटको सट्टामा २ वटा जुम्ल्याहा हात्ती भएको रुपैयाँ बजारमा ल्याएको छ । ५१ वर्षदेखि एउटा, त्यो पनि विदेशी अफ्रिकन हात्तीले कब्जा जमाएको नेपाली रुपैयाँमा नेपालमै जन्मेका जुम्ल्याहा हात्तीले स्थान पाएको छ ।

योसगैँ २०२६ सालदेखि प्रचलनमा आएको हजारको नोटमा प्रयोग हुँदै आएको अफ्रिकन हात्तीको चित्र हटेको छ ।

हजारको नोटमा नेपाली हात्तीको चित्र राख्ने निर्णय राष्ट्र बैङ्कले आर्थिक वर्ष २०६९÷७० सालमै गरेको थियो । निर्णय भएको सात वर्षपछि बल्ल नेपालको नोटमा नेपाली हात्तीले स्थान पाएकोछ । बुधबारदेखि मात्रै नेपाली हात्तीको चित्रसहितको नयाँ नोट बजारमा आएको हो ।

तत्कालीन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु व्यवस्थापन विभागका महानिर्देशक मेघबहादुर पाण्डेको प्रस्तावमा २०६९ मंसिरमा बसेको नोट तथा सिक्का डिजाईन समितिको बैठकले नेपाली नोटहरुमा नेपालकै जनावर राख्ने निर्णय गरेको थियो ।

समितिका संयोजक तत्कालीन गभर्नर डा। युवराज खतिवडाको अध्यक्षतामा बसेको बैठकमा तत्कालिन डेपुटी गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय निकुञ्जका तर्फबाट महानिर्देशक पाण्डे सहित इतिहासविद्का रूपमा शताब्दी पुरुष सत्यमोहन जोशीको पनि उपस्थिती रहेको थियो । संयोग, त्यतिबेलाका डेपुटी गभर्नर अधिकारीसमेत संलग्न समितिको निर्णय कार्यान्वयन उनै अधिकारी गभर्नर भएपछि देखिएको छ ।

राष्ट्र बैंकको निमावली अनुसार नोट तथा सिक्का प्रकाशन गर्नुपूर्व नेपाल राष्ट्र बैङ्कका गभर्नरको संयोजकत्वमा रहेको सिक्का डिजाइन तथा सिफारिस समितिले निर्णय गरेर राष्ट्र बैङ्कको बोर्ड बैठकमा पेश गर्ने गर्छ । बाहिर देखिने चित्र परिवर्तन गर्ने काम राष्ट्र बैङ्कको बोर्डबाट पारित भएपछि मन्त्रिपरिषदसम्म पुग्ने गर्छ । त्यसपछि मात्रै नयाँ नोट छपाइको प्रक्रियामा जाने गर्दछ ।

डिजाइन गरेर सिफारिस गर्ने समितिमा भाषाविद्, पुरातत्वविद्, वन्यजन्तु विशेषज्ञ, इतिहासविद् लगायत विभिन्न क्षेत्रका एक÷एक जना प्रतिनिधि संलग्न हुने गर्छन् ।

त्यतीबेला बसेको बैठकले ५ सय रुपैयाँमा रहेको बाघ, ५० रुपैयाँको याक र २० रुपैयाँको झारलको फोटो पनि नेपाल भित्रै खिचिएको हुनु पर्ने निर्णय गरेको थियो ।

निकुन्जको महानिर्देशकको संयोजकत्वमा फोटो खिच्ने समिति बने अनुसार हात्ती र नेपालमा पाईने बाघको फोटो तत्कालै उपलब्ध गराईएको थियो । त्यसको केहि महिना पछि याक र झारलको समेत फोटो राष्ट्र बेंकलाई बुझाईएको थियो ।

सबै फोटोहरू संकलन भइसकेपछि २०७० सालको जेठ महिनामा राष्ट्र बैङ्कले हजारको नोटमा जुम्ल्याहा वच्चाहरूसहित विदेशी वन्यजन्तुका फोटा भएका सबै नोटमा नेपाली वन्यजन्तुको फोटो प्रयोग गर्ने निर्णय गरेको थियो ।

हाल नोटमा समेटिएका दुई जुम्ल्याहा हात्ती ०६५ सालतिर चितवनमा जन्मिएका हुन् ।

बैंकले निर्णय गरेको ७ वर्ष पछि तत्काल गरेको निर्णय कार्यान्वयन भएको छ । अव नयाँ प्रकाशन हुने नोटहरुमा क्रमशः फोटाहरु परिवर्तन गर्दै जाने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ८ : ३२ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित