२० माघ २०८२, मंगलबार | February 4, 2026

सुनको भाउमा आज पनि छलाङ, तोलाको ५०० ले बढ्यो



काठमाडौं । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६५ रुपैयाँ निर्धारण गरेको छ ।

बुधबार एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको थियो ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५६० तोकिएको थियो ।

यस्तै चाँदीको मूल्यपनि प्रतितोला १० ले वृद्धि भएर एक हजार १४५ पुगेको छ ।

कोरोना भाइरसको महामारीपछि सुरु भएको सुनको भाउ बढ्ने क्रम अझै रोकिएको छैन । विश्वव्यापी रुपमा अमेरिका र चीनबीचको तनावपूर्ण सम्बन्धका कारण पनि सुनको भाउ प्रभावित भएको विश्लेषण गरिन्छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ११ : २९ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको