४ पुस २०८२, शुक्रबार | December 20, 2025

सुनको भाउमा आज पनि छलाङ, तोलाको ५०० ले बढ्यो



काठमाडौं । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६५ रुपैयाँ निर्धारण गरेको छ ।

बुधबार एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको थियो ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५६० तोकिएको थियो ।

यस्तै चाँदीको मूल्यपनि प्रतितोला १० ले वृद्धि भएर एक हजार १४५ पुगेको छ ।

कोरोना भाइरसको महामारीपछि सुरु भएको सुनको भाउ बढ्ने क्रम अझै रोकिएको छैन । विश्वव्यापी रुपमा अमेरिका र चीनबीचको तनावपूर्ण सम्बन्धका कारण पनि सुनको भाउ प्रभावित भएको विश्लेषण गरिन्छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ११ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको