२० माघ २०८२, मंगलबार | February 4, 2026

१०.१३ अंकले बढ्यो सेयर बजार



काठमाडौं । सोमबारदेखि लगातार घटेको सेयर बजार विहीबार १०.१३ अंकले बढेको छ ।

बढेको बजारमा एक अर्व ३२ करोड भन्दा माथिको कारोबार भएको छ । यस दिन बजार बढ्दा ४ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
बिहीबार कारोबारमा आएको तारगाउँ रिजेन्सी होटल, मिर्मिरे माइक्रोफाइनान्स, ओरियण्टल होटल र कालिका लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो।

त्यसैगरी, मिथिला लघुवित्तको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ यस्तै एनआइसी एसिया लघुवित्तको सात करोड भन्दा माथिको कारोबार भएको छ ।
यस्तै बिमा तर्फ नेपाल पुर्नविमा कम्पनीको सर्वाधिक एघर करोड भन्दा माथिको कारोवार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको १० करोड भन्दा माथिको कारोबार भएको छ ।

कारोबारमा आएका १२ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ३ : ४६ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको