१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कार्यसमितिले तय गरेको एफएनसिसिआईको साधारणसभा पदाधिकारीले स्थगित गरे, ३ पदाधिकारी सहित विशिष्ठ सदस्यको नोट अफ डिसेन्ट



काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमितिले निर्धारण गरेको साधारणसभाको मितिलाई पदाधिकारीहरुले स्थगित गरिदिएका छन् । दुईवटा प्यानल बनाएर निर्वाचनकको महासंग्राम तयारी गरिरहेका दुई प्यानलले निर्वाचनमा भिड्न अझै लामो लडाई लड्नु पर्ने भएको छ । पदाधिकारीको बैठकले महासंघको साधारण सभा सार्ने निर्णयसँगै महासंघको निर्वाचनलाई पनि अनिश्चित बनाईदिएको छ ।

महासंघको बिहीबार भएको पदाधिकारी र पूर्व अध्यक्षसहितको बैठकले यस अघि कार्यसमितिले साउन २६ र २७ गते साधारण सभा गर्ने गरि गरेको निर्णयलाई बदर गर्दै सरकारले सभा सम्मेलन गर्न खुला गरेपछिको १५ दिनभित्र साधारणसभा गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै महासंघको नयाँ कार्यसमितिको लागि हुने निर्वाचनको मिति अनिश्चित भएको छ।

चैत अन्तिम साता हुनुपर्ने साधारण सभाको पूर्व निर्धारित कार्यतालिका कोभिड १९ का कारण सरकारले जारी गरेको लकडाउनले प्रभावित भएको थियो। कोरोना संक्रमण कम भएपछि साधारण सभा गर्न पदाधिकारीबीच सहमति बनेको थियो। महासंघको कार्यसमिति बैठकले यसअघि साउन २६ र २७ गते ललितपुरको हेरिटेज गार्डेनमा साधारणसभा गर्ने निर्णय गरेको थियो।

साधारण सभाको मिति तय भए लगत्तै वरिष्ठ उपाध्यक्षमा आआफ्नो उम्मेदवारी घोषणा गर्दै चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा होमिइसकेका थिए। जिल्ला तथा नगर उद्योग बाणिज्य संघहरुले बिस्तारै आफ्नो कित्ता समेत क्लियर गर्न सुरु गरेका थिए ।

पदाधिकारी र केही  पुर्व अध्यक्षको बैठकले गरेको साधारण सभाको मिति सार्ने निर्णयमा तीन जना पदाधिकारी र एक विशिष्ट सदस्यले असहमति जनाएका छन्। पदाधिकारीको निर्णयमा महासंघका एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष निरक केसीले असहमति जनाएका हुन्। विशिष्ट सदस्य चण्डीराज ढकालको पनि असहमति रहेको बताईएको छ ।

महासंघको यस अघि कार्यसमितिको बैठकले मिति तय गर्नुका साथै सरकारलाई कार्यक्रम संचालन गर्न दिन स्विकृति समेत मागेको थियो । सरकारले स्विकृति दिने वा नदिने निर्णय नगर्दै  पदाधिकारीको बैठकले मिति सार्ने निर्णय गरेको असहमति राख्नेहरुको आरोप छ ।

महासंघका एशोसिएट उपाध्यक्ष ढकालले सरकारको निर्णय नआउँदै हतार हतार साधारण सभा सार्ने निर्णय भएको बताए। कार्यसमितिले साधारण सभाको स्वीकृतिका लागि सरकारलाई पत्र पठाएको र सरकारी निकायबाट जवाफ आउने क्रममै रहँदा मिति सार्नु गलत भएको ढकालको भनाई छ । उनले चुनावको परिणामसँग डराएर स्थगित गर्ने निर्णय गरिएको आरोप लगाए ।

ढकालले कार्यसमितिको बैठकले गरेको निर्णय केहि पदाधिकारी बसेर उल्टाउनु गलत भएको बताए । स्थगित नै गर्नु परेपनि कार्यसमितिको बैठकबाट साधारण सभाको निर्णय गर्नुपर्थ्यो। उनले भने ।

ढकाल सहितका पदाधिकारीले आजको बैठकमा मौखिक असहमति ब्यक्त गरे पनि माईन्युट तयार हुँदा लिखित नोट अफ डिसेण्ट दर्ज गर्ने बताएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  १० : ५६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा