२० माघ २०८२, मंगलबार | February 4, 2026

साउन १६ गतेदेखि एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्टले साधारण सेयर निष्काशन गर्ने



काठमाडौं । एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आइपीओ जारी गर्ने भएको छ ।

कम्पनीले साउन १६ गतेदेखि प्रतिकित्ता १०० का दरले ३३ करोड ९८ लाख ४६ हजार रुपैयाँ बराबरकोे ३३ लाख ९८ हजार ४६ कित्ता आइपिओ निष्कासन गर्न लागेको हो।

जसमा १ लाख ६९ हजार ९०२ कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ।बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन ।

सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ तोकेको छ।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै मेरोशेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस् नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर जनाउछ ।

आर्थिक वर्ष २०७५र७६ सम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ६ पैसा रहेको थियो यस्तैप्रतिशेयर आम्दानी २ रुपैयाँ ४ पैसा रहेको छ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ३ : ४५ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको