४ पुस २०८२, शुक्रबार | December 19, 2025

सार्वजानिक यातायातमा बढी भाडा लिने बिरुद्ध महानगरीय ट्राफिकको स्ट्रिङ्ग अपरेशन, १७ सवारी साधन कारवाहिमा



काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने १७ वटा सार्वजनिक सवारी साधनलाई आज ट्राफिक कारवाही गरेको छ । सार्वजानिक यातायात सञ्चालन भएसँगै सवारी साधनले बढी भाडा असुलेको गुनासो आएको भन्दै ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ।

त्यस्तै, महानगरिय ट्राफिक प्रहरीले तोकिएको संख्या भन्दा बढी यात्रु राख्ने ३३ वटा सार्वजनिक सवारी साधनलाई कारवाही गर्नुका साथै स्वास्थ्य मापदण्ड अनुसार नचलाइएका १,१५२ वटा सार्वजनिक सवारी साधनलाई सम्झार्इ वुझाई पठाएको जानकारी दिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक बामदेव गौत्तमले सादा पोशाकमै ट्राफिक प्रहरी खटाएर ट्राफिक प्रहरीले बढी भाडा लिने र ५० प्रतिशत भन्दा बढी यात्रु राख्ने विरुद्ध कारवाही चलाएको जानकारी दिए ।

“यात्रु ठगीका घटना रोक्नका साथै कोरोना संक्रमण रोकथामको लागि सामाजिक दुरी कायम गराउन, चालक र यात्रुले अनिवार्य मास्क, सेनिटाईजर लगाए । नलगाएको अनुगमन गर्न तथा ५० प्रतिशत मात्र यात्रु राखेनराखेको चेकजाँच गर्न प्रहरीले विशेष अभियान चलाएको हो ।” उनले भने “ती सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार तोकिएको जरिवाना गराईएको छ ।”

नियमित अनुगमनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले पीडित सहायता इकाईबाट सादा पोशाकमा ट्राफिक प्रहरीको टोलीलाई परिचालन गरेको जनाएको छ ।

महाशाखाले सार्वजनिक सवारी साधनले बढी भाडा लिएको, सामाजिक दुरी कायम नगरेको, स्वास्थ्य मापदण्ड पूरा नगरीचलाएको सुचना नजिकको ट्राफिक प्रहरी वा हटलाईन १०३ मा जानकारी दिन सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ६ : ४९ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा