२१ माघ २०८२, बुधबार | February 4, 2026

अर्थमन्त्री युवराज खतिवडा भन्छन, राष्ट्रिय गौरवका आयोजनामा पैसाको खाँचो हुँदैन



काठमाडौं ।अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रिय गौरवका आयोजनामा पैसाको खाँचो नहुने बताएका छन् ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री खतिवडाले कोभिड–१९ ले समग्र अर्थतन्त्रमा प्रभाव पारेको अवस्थामा अन्य शीर्षकमा रहेका खर्च रकमान्तर गरेर र दातृ निकायबाट परिपूर्ति गरेर भएपनि राष्ट्रिय गौरवका आयोजनामा बजेट कमी हुन नदिने बताएका हुन ।

राष्ट्रिय गौरवका आयोजनामा छुट्टै कानून बनाएपछि त्यसले आयोजना कार्यान्वयनमा केही सहज हुने अर्थमन्त्री खतिवडाले बताए ।

मन्त्री खतिवडाले दुई वर्ष पहिले संसदमा सो सम्बन्धी विधेयक पेस गरेका थिए । व्यावसायिक सम्भाव्यता रहेका आयोजनालाई सार्वजनिक निजी साझेदारी मोडलमा अघि बढाउन सकिने उनले बताए ।

राष्ट्रिय गौरवका आयोजनामा रहेका अन्तरनिकाय समन्वय, निर्माण सामग्रीको सहज उपलब्ध नहुनुलगायतका समस्या समाधान गरिने मन्त्री खतिवडाको भनाइ थियो ।

कतिपय आयोजना डिजाइन हुँदाको समयभन्दा अहिलेको आवश्यकता फरक हुनसक्ने खतिवडाको भनाई थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ७ : ३४ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको