२९ मंसिर २०८२, सोमबार | December 15, 2025

अर्थमन्त्री युवराज खतिवडा भन्छन, राष्ट्रिय गौरवका आयोजनामा पैसाको खाँचो हुँदैन



काठमाडौं ।अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रिय गौरवका आयोजनामा पैसाको खाँचो नहुने बताएका छन् ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री खतिवडाले कोभिड–१९ ले समग्र अर्थतन्त्रमा प्रभाव पारेको अवस्थामा अन्य शीर्षकमा रहेका खर्च रकमान्तर गरेर र दातृ निकायबाट परिपूर्ति गरेर भएपनि राष्ट्रिय गौरवका आयोजनामा बजेट कमी हुन नदिने बताएका हुन ।

राष्ट्रिय गौरवका आयोजनामा छुट्टै कानून बनाएपछि त्यसले आयोजना कार्यान्वयनमा केही सहज हुने अर्थमन्त्री खतिवडाले बताए ।

मन्त्री खतिवडाले दुई वर्ष पहिले संसदमा सो सम्बन्धी विधेयक पेस गरेका थिए । व्यावसायिक सम्भाव्यता रहेका आयोजनालाई सार्वजनिक निजी साझेदारी मोडलमा अघि बढाउन सकिने उनले बताए ।

राष्ट्रिय गौरवका आयोजनामा रहेका अन्तरनिकाय समन्वय, निर्माण सामग्रीको सहज उपलब्ध नहुनुलगायतका समस्या समाधान गरिने मन्त्री खतिवडाको भनाइ थियो ।

कतिपय आयोजना डिजाइन हुँदाको समयभन्दा अहिलेको आवश्यकता फरक हुनसक्ने खतिवडाको भनाई थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ७ : ३४ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष