२ असार २०८२, सोमबार | June 16, 2025

प्रदेश सरकारको नाक खुम्चाउने बाटोको विकास, कहिले पाउने निकास ? (फोटो फिचर)



बुटवल । प्रदेश ५ सरकारको अस्थायी मुकाम हो बुटवल । बुटवललाई नै स्थायी राजधानीको रुपमा विकास गर्ने गरी विभिन्न समयमा छलफल समेत भएका छन् । संभावनाको हिसावले प्रदेश ५ को स्थायी राजधानी बुटवलमा नै हुने करिव पक्का छ ।

तर त्यहि प्रदेशको राजधान, बुटवलको मुख्य – मुटुको रुपमा पहिचान बनाएको बुटवलको बाटोको अवस्था भने अहिले उदेकलाग्दो छ । बुटवलको मुख्य राजमार्ग (पुर्व–पश्चिम), सिद्धार्थ राजमार्ग(उत्तर–दक्षिण)को मुख्य विन्दुको रुपमा रहेको पुष्पलाल पार्क, महेन्द्र पार्कको बाटोको अवस्था देख्दा प्रदेश राजधानीमा प्रवेश गर्ने जो कोहीको पनि नाक खुम्चिने गरेको छ ।

यसरी नाक खुम्चिन लागेको नयाँ भने होईन । एक पटक निर्माण सम्पन्न भएपछि पटक पटक मर्मत संहार गरिदै आएको यो बाटोको दिगोपनाको विषयमा पटक पटक प्रश्न चिन्ह खडा हुदै आएका छन् । निर्माण सम्पन्न भएपछि सरकारलाई हस्तानान्तरण गरेपनि करिव ५ वर्षसम्म ठेकेदार कम्पनीले नै नियमित रुपमा मर्मत संहार गर्नुपर्ने प्राबधान छ । तर यो बाटो निर्माण भएको करिव ५ बर्षमा नै तहसनहस भएको छ ।

राजमार्गकै बीचमा ठुल ठुला खाडल परेको कारण सबैतिरबाट विरोध हुँदै आएको छ । राजमार्ग निर्माणको क्रममा नै उपडखपड बनाएर निर्माण गरिएको कारण प्राविधिक रुपमा त्रुटि पहिला नै थियो । जसका कारण सडकको पानी नालीमा नभई बाटोबाट नै बग्न थाल्यो । अहिले सडकमा झन ठुला ठुला भ्वांग परेका छन् ।

ति खाडल र भ्वांग टाल्नको लागि प्रयास गरिए पनि त्यो असफल हुँदै आएको छ । एक पटक विस्तार भैसकेको सडक पुनः विस्तार गरी ८२ फुट कायम गर्ने गरी गरिएको अदालतको फैसलालाई समेत पटकपटक अवरोध गरिएको छ । रिट हाली विचाराधीन बनाइएको छ ।

पछिल्लो समयमा भने पुनः सर्वोच्च अदालतले समेत त्यो आदेशलाई पुनारावोलन गरी बाटो विस्तार गर्नको लागि अनुमति दिएको थियो । तर सडक विभाग भने बाटो विस्तार गर्दा सडक पनि मिलाउने भन्दै बसेको पनि महिनौं दिन भैसक्यो । जसको कारण वर्षामा हिलो तर हिउँदमा धुलो प्रदेशमा आउदाँ प्रदेशवासीहरु मात्रै होईन, सबैको स्वागतमा पस्किने चिज बनेको छ ।

सडकक डिभिजन कार्यलय बुटवलका प्रमुख मेघराज मरासिनीले पनि सडक विस्तारको काम हिउँदमा हुने र सोही अनुसारको ठेक्का गर्ने गरी काम अघि बढाउने बताउँछन् ।

सडक निर्माण गर्दा प्राविधिक रुपमा त्रुटि भएको स्वीकार गर्दै उनले अब भने प्राविधिक रुपमा गल्ती हुन हुन नदिने दाबी गर्छन् । मरासिनीले सडक विस्तार गर्दा त्यो बाटो पनि पुनः उप्काएर बनाउने भएको कारण अहिले सामान्य मर्मत संहार मात्रै गरेर काम चलाउने र पुनः विस्तृत रुपमा बनाउने भएको कारण अहिलेलाई थाती राखिएको जानकारी दिए ।

(फोटो फिचर)

 

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ३ : २४ बजे

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयन अनुभवका

मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : दोहोरो आम्दानी

मुस्ताङ । मुस्ताङका किसानले स्याउको बगैँचाभित्र अन्तरबाली लगाएर दोहोरो आम्दानी

ट्रम्प विरूद्धको निरन्तर ‘नो किंग्स’ आन्दोलनले अमेरिकामा तनाव

काठमाडौं । अमेरिकाको चरित्र पनि आफैमा अद्वितीय रहेको छ। समा

सम्पर्क बाहिर रहेका धवल शमसेर राणा अदालतमा उपस्थित

काठमाडौँ । उपचार प्रयोजनार्थ भन्दै हाजिरी जमानीमा छुटेपछि प्रहरी सम्पर्क

आज एघारौं चुरे संरक्षण दिवस मनाईंदै

काठमाडौँ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर