४ पुस २०८२, शुक्रबार | December 19, 2025

अझै लागु भएन सार्वजनिक यातायातमा मापदण्ड



काठमाडौं । बिहानको करिब ९ बजेको थियो, त्यसमा सिमसिमे पानी । त्यही पानीमा छाता ओढेर कार्यालय जानका लागि सार्वजनिक यातायात कुरिरहेका थिए ।

भक्तपुरको नयाँ ठिमी बस्ने समुन्द्र अधिकारी पनि सार्वजनिक यातायात चढ्न खोजे, तर सकेनन् । फेरि केही समयपछि एउटा माइक्रोबस आयो, उनी चढे तर ड्राइभरले मापदण्डविपरीत सिट नभरुन्जेलसम्म रोकिराखे ।

सार्वजनिक यातायातमा कुनै मापदण्ड नभएको बिलौना गर्दै उनी भन्छन्, ‘सहचालकले माक्स लगाउँछ तर नाक र मुख खुला राख्छ । चिउँडोमा मात्र माक्स अड्काउँछ । बसको दायाँपट्टि भागमा सेनिटाइजरको भाँडो छ, तर यात्रुको खचाखचले गर्दा त्यो पनि लगाउन सकिने अवस्था छैन ।

एक त सरकारले तोकेको मापदण्ड पूरा भएको देखिँदैन, अर्को दोब्बर भाडा तिरेर पनि कसरी अव्यवस्थित तरिकाले यात्रा गर्नु ?’ उनले सुस्केरा हाल्दै भने, ‘खाऊँ भने दिनभरिको सिकार, नखाऊँ भने कान्छाबाउको अनुहार भनेजस्तै जागिर नखाऊँ बालबच्चा भोकै, खाऊँ त यस्तो माहामारीमा पनि सार्वजनिक यातायातमा अव्यवस्थित अनि असुरक्षित यात्रा गर्नुपर्ने ।’

सरकारले भनेको मापदण्ड मात्र पूरा गरे पनि यात्रालाई सहजीकरण गर्न सकिन्थ्यो । दोब्बर भाडा तिर्ने भएपछि त कम्तीमा एउटा सिटमा एक जना मात्र राखेर सामाजिक दूरी कायम गरेर यात्रु राख्दा त भइहाल्थ्यो नि, तर त्यो व्यवहारमा लागू नभएको उनी गुनासो गर्छन् । आजको कारोबार दैनिकमा खबर छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ८ : ५५ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ