२० भदौ २०८३, शनिबार | September 5, 2026

लोक गायक बमबहादुर कार्कीको ‘बामरी’ तीजी गीत बजारमा, मौलिकता र संस्कृति बिगारेकोमा कार्की चिन्तित



बुटवल । बरिष्ठ लोक गायक बम बहादुर कार्कीले पछिल्लो समय लोक गायनमा आएको बिकृतिले आफुलाई दिक्क बनाएको बताएका छन् । खबुरकुरासँग कुरा गदै उनले तीजका गीतका नाममा होस् वा अरु कुनै लोक गायन, प्राय सबै गीतहरुले नेपाली कला संस्कृति र परम्परालाई धज्जि उडाएको बताए ।

नेपाल कला, संस्कृति र मौलिकताले धनी देश भएका हुँदा स्वदेशकै मौलिकता र संस्कृतिले जति पनि सिर्जना गर्न सकिने भए पनि परम्परा र मौलिकतालाई नै चुनौती दिने गरि आएका गीत संगीतले आफुलाई चिन्तीत बनाएको उनले बताए ।

कलालाई जोगाउनकै लागि अव देखि प्रत्येक महिना मौलिकतामा आधारित नेपाली लोक संगीतको सृजना गर्ने कार्कीले अठोट लिएका छन् । उनको पछिल्लो अठोटको सुरुवात स्वरुप बामरी तीजी गीत ल्याएको उनले बताए । कार्कीले यसै हप्ता बजारमा ल्याएका बाँबरी तीजी गीतमा नेपाली मौलिकता र परम्परा प्रतिबिम्बित भएको उनको दाबी छ । ‘सौन्दर्य, महिलाको पिडा र समाजको बिकृतिलाई बिम्बित गर्न तीजका गीतहरुको संकलन हुनु पर्छ ।’ उनले भने ।

कार्कीले नयाँ ल्याएका बामरी तीजी गीतमा शिवा आलेको स्वरमा शब्द संकलन र संगीत कार्की स्वयंले गरेका छन् । महेन्द्र भण्डारीको संगीत एरेन्ज गरेको गीतलाई गोरखा म्युजिकले बजारमा ल्याएको छ । बामरीले नेपाली मौलिकता र परम्पराको प्रतिनिधित्व गरेको कार्कीले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ११ : १० बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २