२० आश्विन २०८३, मंगलबार | October 7, 2026

लोक गायक बमबहादुर कार्कीको ‘बामरी’ तीजी गीत बजारमा, मौलिकता र संस्कृति बिगारेकोमा कार्की चिन्तित



बुटवल । बरिष्ठ लोक गायक बम बहादुर कार्कीले पछिल्लो समय लोक गायनमा आएको बिकृतिले आफुलाई दिक्क बनाएको बताएका छन् । खबुरकुरासँग कुरा गदै उनले तीजका गीतका नाममा होस् वा अरु कुनै लोक गायन, प्राय सबै गीतहरुले नेपाली कला संस्कृति र परम्परालाई धज्जि उडाएको बताए ।

नेपाल कला, संस्कृति र मौलिकताले धनी देश भएका हुँदा स्वदेशकै मौलिकता र संस्कृतिले जति पनि सिर्जना गर्न सकिने भए पनि परम्परा र मौलिकतालाई नै चुनौती दिने गरि आएका गीत संगीतले आफुलाई चिन्तीत बनाएको उनले बताए ।

कलालाई जोगाउनकै लागि अव देखि प्रत्येक महिना मौलिकतामा आधारित नेपाली लोक संगीतको सृजना गर्ने कार्कीले अठोट लिएका छन् । उनको पछिल्लो अठोटको सुरुवात स्वरुप बामरी तीजी गीत ल्याएको उनले बताए । कार्कीले यसै हप्ता बजारमा ल्याएका बाँबरी तीजी गीतमा नेपाली मौलिकता र परम्परा प्रतिबिम्बित भएको उनको दाबी छ । ‘सौन्दर्य, महिलाको पिडा र समाजको बिकृतिलाई बिम्बित गर्न तीजका गीतहरुको संकलन हुनु पर्छ ।’ उनले भने ।

कार्कीले नयाँ ल्याएका बामरी तीजी गीतमा शिवा आलेको स्वरमा शब्द संकलन र संगीत कार्की स्वयंले गरेका छन् । महेन्द्र भण्डारीको संगीत एरेन्ज गरेको गीतलाई गोरखा म्युजिकले बजारमा ल्याएको छ । बामरीले नेपाली मौलिकता र परम्पराको प्रतिनिधित्व गरेको कार्कीले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ११ : १० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते