१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

१५ किलो नक्कली सुन बरामद प्रकरणमा प्रहरीकै मिलेमतो



काठमाडौं । १५ किलो नक्कली सुन बरामद प्रकरणमा प्रहरीकै मिलेमतो देखिएको छ । दुई जवानसहित केही अभियुक्त पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले घटनामा संलग्न अधिकांश अभियुक्तलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिएका छन् । ‘ठगी गरेर कराडौं हत्याउने उक्त गिरोहको योजना असफल भयो’, उनले भने, ‘प्रारम्भिक रूपमा अपरेसनमा लापरबाही गर्ने सुरक्षाकर्मीमाथि कडा कारबाही गर्छौं ।’

प्रहरीले भारतीय नागरिकहरू देवान पटेल, कौशल पटेल, विजय पटेल, निलेश सखिया, ट्याक्सी चालक सन्दीप गुरुङ, न्युरोडमा मोबाइल पसल सञ्चालन गर्ने उमेश श्रेष्ठ, न्युरोडकै सुन पसलमा काम गर्ने मनीष मल्लिकसहित प्रहरी जवानद्वय बहादुरसिंह कठायत र प्रसन्न श्रेष्ठलाई पक्राउ गरेको हो ।

गाडीधनी बाराका इल्ताफ हुसेन अन्सारी र भारतीय नागरिक सञ्जय पटेल फरार सूचीमा छन् । अन्सारी यसअघि नक्कली नोट र हतियार कारोबारमा पक्राउ परी छुटेको पाइएको छ । गिरोहले योजनाबद्ध रूपमा चाँदीलाई सुन बनाएर ठग्ने योजना बनाएको देखिएको छ । उक्त गिरोहका सदस्य चाँदीमा जलप लगाइएको सुन भारतको राजस्थान लगी ठूला व्यापारीलाई ठग्ने योजनामा थिए ।

देवान र उनका भाइ कौशलले जलप लगाउने जिम्मा लिएका थिए । देवानको सम्पर्क राजस्थानका सुन व्यापारीसँग रहेको अनुसन्धानबाट खुलेको छ । उक्त सूचना दरबारमार्ग वृत्तमा पुगेपछि कौशलले पुरानो चिनजानका प्रहरी जवान कठायतलाई आर्थिक प्रलोभनमा पारे ।

सुनको जलप लगाइएको चाँदीको एउटा ‘बिस्कुट’ दिई झोला फ्याँकेर उम्किएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । मनीष काम गर्ने सुन पसलमै चाँदीको ‘बिस्कुट’ किनेर सुनको जलप लगाउन पटेल समूहले ५२ लाख रुपैयाँ खर्चिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ७ : ४२ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को