१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

देशको सीमा सुरक्षा सरकारको उच्च प्राथमिकता : गृहमन्त्री थापा



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको बताएका छन् ।

मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७६/७७ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले देशको सीमा सुरक्षाका लागि सरकार गम्भीर भएर लागेको बताएका हुन् ।

थापाले सीमामा ५ सय बीओपी स्थापनाको प्रक्रिया अघि बढाएको जानकारी दिए । त्यसका लागि आवश्यक स्रोत साधानका लागि पहल भईरहेको पनि उनले बताए ।

गृहमन्त्री थापाले कार्यशैलीमा सुधार गर्न गृहमन्त्रालय मातहतका निकायहरुलाई निर्देशन पनि दिएका छन् ।

मन्त्रालयले तय गरेको नीति, कार्यक्रम तथा योजनाको लक्ष्य आधारभुत रुपमा सफल भएपनि पुर्ण रुपमा सन्तुष्ट हुने अवस्था नरहेको भन्दै कार्यशैली सुधार्न निर्देशन दिएका हुन्

गृहमन्त्री थापाले भने, ‘‘ हामीले गत आर्थिक वर्षमा निर्धारण गरेका लक्ष्यहरु आधारभुत रुपमा सफलता प्राप्त ग-यौँ तर पुर्ण रुपमा प्राप्त गर्न सकेनौँ । त्यसैले आगामी दिनमा अहिलेका कमजोरीहरु सुधार गरेर पुर्ण लक्ष्य प्राप्त हुनेगरी काम गर्नुहोस् ।’

अनुगमन, रिपोर्टिङ प्रणालीलाई सुधार गर्न तथा असार मसान्तमामात्रै काम सक्ने परिपार्टीको अन्त्य गर्न उनले निर्देशन दिए ।

राष्ट्रको सुरक्षा, नागरिकको जिउ, धनको सुरक्षाको जिम्मेवारी लिएको गृहमन्त्रालय संवेदनशिल मन्त्रालय भएकोे टिप्पणी गर्दै गृहमन्त्री थापाले मन्त्रालयको कामकारवाही पनि संवेदनशिल भएरै निर्वाह गर्नुपर्ने बताए । उनले तोकिएका लक्ष्य, काम कारवाही हासिल गर्न नसक्नुको कारण खोजिनुपर्ने भन्दैै त्यस्ता कार्य दोहरिए कारवाही गर्ने चेतावनी समेत दिए ।

कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले पहिलो चौमासिकभित्रै सबै निकायले आफ्ना कार्यक्रम, योजना निर्माण तथा बोलपत्र आह्वानका काम सकेर दोसो चौमासिकबाट परिणाम आउने गरी काम गर्न निर्देशन दिए ।

बैठकमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिले गृहमन्त्रालयको वार्षिक कार्यसम्पादन सन्तोसजनक देखिए पनि पुँजिगत खर्च निकै कम भएको भन्दै सुधार गर्न आग्रह गरेका थिए ।

बैठकमाअध्यागमन विभागमा बायोमेट्रिक पहिचान सहितको नेपाली पोर्ट सुरु भएको, विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि डिएमएस सूचना प्रणलीको प्रयोग गरिएको, कैदिबन्दीलाई सीपमुलक तालिम प्रदान सुरु गरिएको, ३६ स्थानमा सिमामा सुरक्षाका लागि थप बिओपी स्थापना गरिएको लगायतका कार्य विवरण प्रस्तुत गरिएको थियो ।

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, अध्यागमन विभाग, कारागार विभाग लगायतका निकायहरुले आफ्नो वार्षिक कार्यप्रगति विवरण पेश गरेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ५ : १६ बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा