४ श्रावण २०८३, सोमबार | July 20, 2026

कोरोना जोखिमको ग्राफ उकालो, लकडाउन अन्त्यपछि मात्रै २७ जनाको मृत्यु



काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ ।

यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण हुन सक्ने देखिएको छ ।

पछिल्लो ३६ दिनयता शुक्रबार मात्रै सबैभन्दा धेरै ४ सय ६४ जना संक्रमित थपिएका छन् । शुक्रबार मात्रै थप ५ जनाको मृत्यु भएको छ । मृतकको उमेर समूह अधिकांशको ४० देखि ६० वर्ष छ ।

पछिल्लो एक साताको अवधिलाई आधार मान्दा दैनिक ३ सय ४९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।

गत ७ साउनदेखि सरकारले लकडाउन अन्त्य गरेको थियो । लकडाउन अन्त्य भएयता थप ४ हजार १ सय १९ जनालाई संक्रमण देखिएको छ । यस्तै, लकडाउन अन्त्य भएयता संक्रमित २७ जनाको मृत्यु गएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित ७० जनाको मृत्यु भएको छ ।

यस्तै, शुक्रबार काठमाडौं उपत्यकामा १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । यो हालसम्मकै संक्रमित थपिनेहरूको उच्च संख्या हो । काठमाडौंमा मात्रै शुक्रबार ९२, ललितपुरमा १० र भक्तपुरमा ४ जना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंमा कुल संक्रमितको संख्या ९ सय ८२ पुगेको छ ।

काठमाडौंमा ७ सय ६६, ललितपुरमा १ सय ३४ र भक्तपुरमा ८२ संक्रमित पुष्टि भएका छन् । देशैभर शुक्रबार ४ सय २५ जना उपचारपछि निको भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म १५ हजार ८ सय १४ जना उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म ४ लाख २७ हजार ५सय एक जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो समय श्वास प्रश्वासका समस्या, उच्च ज्वरो, पखाला लगायतका लक्षणसहितका संक्रमित अस्पताल पुग्ने गरेका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ६ : ३७ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री