४ पुस २०८२, शुक्रबार | December 19, 2025

पेट्रोलियम पदार्थको भण्डारण गृह ३ जिल्लामा बन्दै



काठमाडौं । आगामी १५ वर्षको पेट्रोलियम पदार्थको माग र खपतको प्रक्षेपण गरी कम्तीमा १ महिनालाई पर्याप्त हुनेगरी चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गृह बन्ने भएका छन् ।

चालू आर्थिक वर्ष २०७७/७८ मा नै सो कार्य प्रारम्भ गरिने नेपाल आयल निगमले जनाएको छ ।

हाल नेपालमा पेट्रोल ५ दिन, डिजेल ८ दिन र हवाई इन्धन १० दिनलाई पुग्ने भण्डारण क्षमता छ । त्यसलाई वृद्धि गरी पहिलो चरणमा कम्तीमा एक महिनालाई पुग्ने भण्डारण क्षमता बढाउन लागिएको हो ।

निगमले वार्षिक नीति तथा कार्यक्रममा पेट्रोलियम पदार्थको भण्डारणलाई उच्च प्राथमिकतामा राखेको छ । सातै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन कर्णाली र सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाइने भएको छ ।

भण्डारण गृह निर्माणका लागि निगमले यसअघि नै जग्गा खरिद गरिसकेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्याय भन्छन्, ‘सर्लाहीमा एलपी ग्यास, झापामा पेट्रोलियम पदार्थ र एलपी ग्यास, चितवनमा पेट्रोलियम पदार्थको भण्डारण गृह बनाइने छ । त्यसका लागि जग्गा निगमले पहिल्यै लिइसकेको छ, निगमकै जग्गामा बनाउने हो ।’

निगमका अनुसार नेपालगञ्जमा रहेको निगमको जग्गामा पेट्रोल पम्प तथा झापा र धनुषामा रहेको जग्गामा ग्यास बोटलिङ प्लान्ट निर्माण कार्य यसै वर्ष सुरु गरिने छ ।

देशका अन्य स्थानमा पेट्रोल पम्प तथा ग्यास बोटलिङ प्लान्ट निर्माण तथा सञ्चालन गर्न जग्गा व्यवस्थापनलगायतका आवश्यक प्रक्रिया सुरु गरिने भएको छ ।

चन्द्रगढी, जनकपुर र दाङको विमानस्थलमा हवाई इन्धन व्यवस्थापनका लागि पूर्वाधार तयार गरिने छ । हाल सञ्चालनमा रहेका डिपोहरूको क्षमता विस्तार गरिने प्रवक्ता उपाध्यायको भनाइ छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ६ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको