१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

संक्रमित गर्भवतीको उपचारमा संलग्न स्वास्थ्यकर्मी र नर्सिङबाटै स्वास्थ्य सेवा सुचारु



नेपालगन्ज । भेरी अस्पतालमा कोरोना पुष्टि भएकी गर्भवतीको ‘क्लोज कन्ट्याक्ट’मा सेवा दिएका नर्सिङ स्टाफ र स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टिन नपठाई पुनः काममा लगाईएपछि अन्य प्रसुति गराउन आएका गर्भवतीहरु जोखिममा परेका छन् ।

शनिबार कोरोना पुष्टि भएर मेडिकल कलेज रिफर गरिएकी गर्भवती महिलाको उपचारमा संलग्न नर्सिङ र स्वास्थ्यकर्मी कसैलाई पनि क्वारेन्टिन पठाईएको छैन । संक्रमित लगेको केहिबेर काम रोकेर प्रसुति कक्षलाई सेनेटराईज गरि अस्पतालले तुरुन्तै सेवा सुचारु गरेको छ ।

संक्रमितको ‘क्लोज कन्ट्याक्ट’मा आएका जो कसैलाई क्वोरेन्टिनमा राखिने स्वास्थ्य मन्त्रालयले मापदण्ड बनाएपनि भेरी अस्पतालले भने संक्रमितको उपचारमा संलग्न कर्मचारी, नर्सिङ तथा स्वास्थ्यकर्मीलाईनै सेवामा लगाईरहेको छ ।

संक्रमितको सम्पर्कमा रहेका स्वास्थ्कर्मी र नर्सिङस्टाफबाट डेलिभरी र उपचारका लागि आउने अन्य गर्भवती महिलाहरुमा जोखिम बढेपनि अस्पताल प्रशासनले भने गम्भिरता प्रदर्शन गरेको छैन । यस सम्बन्धमा बुझ्न अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापालाई फोन गर्दा उनको मोबाईल उठेन ।

संक्रमितको उपचारमा रहेका स्वास्थ्कर्मीहरुले आफहरुलाई क्वारेन्टिन पठाउने बिषयमा अस्पताल प्रशासनले कुनै जानकारी नदिएको बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ११ : १० बजे

लुम्बिनीमा एमाले बहुमतसहित पहिलो शक्ति बन्छ : विष्णु पौडेल

बुटवल । विष्णु पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कुनै दलसँग चुनावी समीकरण हुँदैन : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न

दाङ-२ का लागि एमाले महासचिव पोखरेलद्वारा पाँच संकल्प सार्वजनिक

दाङ । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार

‘तारा’ चिन्हमा मतदान गर्न नेकपाको अपिल (पूर्णपाठसहित)

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा आफ्नो पार्टी र

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : रवि लामिछाने

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले