१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सुप्रिम सहकारी पीडितको व्यथा : जीवनभरको कमाइ गुमाएका पीडित त्रासमा मौन



बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा रकम गुमाएका पीडितहरू यतिबेला निराश मात्र होइन, सामाजिक बहिष्कारको डरले खुलेर बोल्नसमेत हिच्किचाउन थालेका छन् । बचत फिर्ता माग्दा समाजबाट अलग्याइने त्रास बढेपछि धेरै पीडितहरू मौन बस्न बाध्य भएको बताएका छन् ।

बुटवलका एक व्यवसायीले सुप्रिम सहकारीमा जम्मा गरेको ३५ लाख रुपैयाँभन्दा बढी रकम गुमाए पनि अहिले उक्त विषयमा बोल्न चाहँदैनन् । उनले सञ्चारकर्मीसँग नाम उल्लेख नगर्ने सर्तमा भने, “धेरै नेता र सरकारलाई गुहारियो, बोलेर थाकियो। अब चुप लागेर बस्नुनै ठीक जस्तो लाग्छ। आफ्नो पैसा माग्दा पनि सामाजिक बहिष्कारमा पर्ने डर छ ।”

सहकारी ठगी प्रकरणमा सहकारीका अध्यक्ष ओम गुरुङ हाल भैरहवास्थित कारागारमा रहेका छन् । यस्तै, उक्त प्रकरणमा जोडिएका रवि लामिछाने भने अहिले चुनावी अभियानमा व्यस्त छन् । सुप्रिम सहकारीसँग सम्बन्धित विषयमा सामाजिक सञ्जालमा बोल्दा वा प्रतिक्रिया जनाउँदा समाज नै आफूहरूविरुद्ध उत्रिने डरले धेरै पीडितहरू मौन बसेको बताउँछन् ।

सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै विभिन्न दलका उम्मेदवारहरूलाई ध्यानाकर्षण गराइएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसका नेता चुन्नप्रसाद पौडेल, एमाले नेता बासुदेव घिमिरे, राप्रपाका उम्मेदवार गौरव बोहोरा, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विश्वदिप पाण्डेय लगायतका उम्मेदवारलाई रकम फिर्ता गराउन पहल गर्न आग्रह गरिएको उनले बताए ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रुपन्देहीमा उम्मेदवार बनेका सुलभ खरेल र लेखजंग थापालाई समेत समितिले ध्यानाकर्षण पत्र बुझाएको थियो । तर उम्मेदवार खरेलले निर्वाचनपछि मात्र यस विषयमा पहल गर्ने बताएका थिए ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ विगो दाखिल गरेर हाल बाहिर रहेका छन् । उनीविरुद्ध कास्की, काठमाडौं, चितवन र पर्सा जिल्ला अदालतमा सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा विचाराधीन रहेका छन् ।

तिलोत्तमा-शंकरनगरका ५५ वर्षीय भेषराज पौडेलले आफूसहित परिवारका चार सदस्यले सहकारीमा जम्मा गरेको ३३ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता पाउने आशा लगभग समाप्त भएको बताए । भारतमा काम गरेर कमाएको रकम सहकारीमा बचत गरेका उनले अहिले न्याय पाउने आशा कमजोर भएको गुनासो गरे ।

त्यस्तै, तिलोत्तमाको ड्राइभरटोलमा डेरी व्यवसाय गर्दै आएकी विमला शर्माले पनि सहकारीमा बचत गरेको ४२ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको बताइन् । आन्दोलन र विरोध कार्यक्रमहरूमा सहभागी भए पनि समस्या समाधान हुने कुनै संकेत नदेखिएको उनले गुनासो गरिन् ।

सुप्रिम सहकारी प्रकरणमा लाखौं रुपैयाँ गुमाएका बचतकर्ताहरू अहिले खुलेर बोल्नसमेत डराउन थालेका छन् । मुलुक प्रतिनिधिसभा निर्वाचनको माहोलमा रहेका बेला राजनीतिक दल र उम्मेदवारहरूले विभिन्न प्रतिबद्धता जनाइरहे पनि सहकारी पीडितहरूको माग सम्बोधन गर्ने ठोस पहल भने देखिएको छैन ।

पीडितहरूका अनुसार सहकारी ठगी प्रकरणमा जोडिएका व्यक्तिहरू नै राजनीतिक शक्तिको आडमा चुनावी मैदानमा सक्रिय रहेकाले उनीहरूविरुद्ध बोल्दा उल्टै सामाजिक तथा मानसिक दबाब झेल्नुपर्ने अवस्था सिर्जना भएको छ । सामाजिक सञ्जालमा हुने गालीगलौज र अपमानजनक टिप्पणीको डरले समेत पीडितहरू मौन बस्न बाध्य भएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  २ : ४० बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना