२१ भदौ २०८३, आइतबार | September 6, 2026

लामो दुरीका यातायात र विद्यालय अझै बन्द हुने



काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रूपमा फैलिएको भन्दै वृद्धवृद्धा तथा केटाकेटीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सचेत गराएको छ ।

सरकारले आमनागरिकलाई कोरोनासँग लड्न जीवनशैली बदल्नसमेत अनुरोध गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) को आइतबार बसेको बैठकले वृद्धवृद्धा तथा केटाकेटीलाई अनावश्यक कामबाहेक घर बाहिर ननिस्कन सचेत गराएको हो भने जीवन शैली बदल्नसमेत अनुरोध गरेको छ ।

सिसिएमीले कोरोनासँग लड्न जीवनशैली बदल्न, केटाकेटी तथा वृद्धवृद्धालाई बाहिर ननिस्कन र अत्यावश्यक कामका लागि बाहिर निस्कने जो कोहीलाई स्वास्थ्य सावधानी अपनाउन, मास्क अनिवार्य लगाउन तथा भीडभाड नगर्न र दुरी कायम गर्न अनुरोध गरेको छ ।

सिसिएमसी बैठकले पछिल्लो समय कोरोना संक्रमणको संख्या बढेको भन्दै रोकथामका थप सावधानी अपनाउनुपर्ने अवस्था आएको निष्कर्ष निकालेको छ । सिसिएमसीले लामो दुरी सवारी साधन (अन्तर जिल्ला यातायात) तथा बाह्य तथा अन्तरिक हवाई उडान १५ भदौसम्म नखोल्न सरकासमक्ष सिफारिससमेत गरेको छ ।

गत ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै लामो दुरीका यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्नालगायतका गतिविधि १ भदौदेखि सञ्चालन गर्न अनुमति दिएको थियो ।

सिसिएमसीको बैठकमा भने संक्रमणको बढ्दो स्थिति देखिएको भन्दै तत्काल खुला गर्न नहुने विषयमा छलफल भएको एक सदस्यले बताए । ‘बैठकमा अहिलेको स्थिति विश्लेषण गर्दा संक्रमण बढ्दै गएकाले १५ भदौसम्म खुला गर्न नहुने गरी छलफल भयो तर यो निर्णय मन्त्रिपरिषद्बाट भएकाले स्थितिको विश्लेषण गरेर मन्त्रिपरिषद्ले थप निर्णय गर्न सक्छ,’ एक सदस्यले भने ।

सरकारले यसअघि छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिइसकेको छ । तर, लामो दुरीका सवारी साधन, हवाई सेवा तथा विद्यालय भर्ना भने १ भदौदेखि मात्र खुला गर्ने निर्णय गरेको थियो । अब बस्ने मन्त्रिपरिषद् बैठकले यस सम्बन्धमा निर्णय गर्ने भएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ७ : ०५ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका