२१ माघ २०८२, बुधबार | February 4, 2026

गैर आवासीय नेपाली संघद्वारा संचालित एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आईपीओ बाँडफाँड, ३ लाख २० हजार ६१४ जना आवेदकले सेयर पाए



काठमाडौं । गैर आवासीय नेपाली संघबाट संचालित एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई जारी गरेको आईपीओ साउन २७ गते मंगलबार  बाँडफाँड गरेको छ । ।

कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटलले मंगलबार सेयर बाँडफाँड गरेको हो । सेयरको लागि कुल ४ लाख १७ हजार ९५८ जना आवेदकले सेयर आवेदन गरेका थिए ।

जसमा ३ लाख २० हजार ६१४ जना आवेदकले गोला प्रथाबाट १० कित्ताको दरले शेयर पाएका छन भने ९७ हजार ३४४ जना आवेदकको हात खाली भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकितका दरले करिब ३४ करोड रुपैंया बराबरको कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयर निष्काशन गरेको थियो।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि छुट्टाएको थियो भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीहरूका लागि छुट्टाएको थियो ।

यस्तै बाँकी ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । साधारण सेयरको लागि ४ लाख २८ हजार १५३ जना आवेदकबाट १ अर्ब ६५ करोड ६७ लाख ६० हजार रुपैयाँ बराबरको आवेदन परेको थियो जसमा १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताको माग भएको छ। यो माग भन्दा ५.२४ गुणा बढी हो ।

सेयरको माग हेर्दा कम्पनी गैर आवासीय नेपाली संघबाट संचालित भएको हुनाले लगानीकर्ता आकर्षित भएको बुझिन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १० : ४५ बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु