१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ जारी गर्ने



काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले भदौ ३ गतेदेखि सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता आइपीओ जारी गर्ने भएको हो।

प्रतिशेयर १०० अंकितका दरले ३७ करोड ५० लाख बराबरको ३७ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरि बाँडफाँट नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत जोडेर सेयर जारी गर्न लागेको हो ।

आवेदनकर्ताले प्रतिकित्ता १०० अंकितका दरले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सेयर निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने ढिलोमा भदौ १७ गते हुनेछ।

कम्पनीको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ। यसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा कमजोर रहको देखाउँछ ।

यस्तै कम्पनीको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट १८ करोड ५४ लाख ४३ हजार ८३७ रुपैयाँ लागत रहेको छ। त्यसैगरी, कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रुपैयाँ ७२ पैसा रहेको कम्पनीले जनाएको छ। कम्पनीको विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने अवधि ३० वर्ष रहेको छ।

कम्पनीले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड तोकेको छ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  २ : ०३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा