१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

निर्माण सामग्रीको मूल्य बढ्यो



काठमाडौं । कोरोना भाइरसका कारण विकास निर्माणको काम अवरुद्ध छ तर पनि निर्माण सामग्रीको मूल्य भने बढेको छ । ढुवानी भाडा बढेका कारण निर्माण सामग्री मात्र नभई हरेक सामग्रीको मूल्य वृद्धि भएको बताइएको छ ।

गत चैतयता ढुवानीमा दोब्बर भाडा वृद्धि भएसँगै निर्माण सामग्रीको भाउ महँगो भएको व्यापारी तथा निर्माण व्यवसायीले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले पछिल्लो समयमा निर्माण सामग्री खरिद गर्दा सिधै महँगो नभए पनि यसको ढुवानीमा दोब्बर वृद्धि भएका कारण देखाउँदै हरेक निर्माण सामग्रीको मूल्य बढाइएको जानकारी दिए ।

उनले ढुवानीका कारण देखाउँदै प्रत्येक निर्माण सामग्रीको भाउ १० देखि १५ प्रतिशत बढेकाले यसको प्रत्यक्ष असर निर्माण कम्पनीलाई परेको बताए । निर्माण सामग्री बिक्रेता व्यापारी निर्माण सामग्रीको भाउ बढ्नुको अन्य कारण नभएर पछिल्लो समयमा ढुवानीमा दोब्बर वृद्धि हुँदा भएको बताउँछन् । सामान्य अवस्था वा चैतअघि वीरगञ्जबाट काठमाडौँसम्म प्रतिकेजी ढुवानी भाडा दुई रुपैयाँ रहेकोमा अहिले बढेर ४ रुपैयाँ पुगेको बताइएको छ ।

अहिले ढुवानीकर्ताले फर्किंदा रित्तै फर्किनुपर्ने भन्दै आउँदाजाँदाको भाडा जोडेर लिने गरेको र त्यसको असर सामानको भाउमा परेको कलङ्कीका निर्माण सामग्री बिक्रेता वेदबहादुर थापाले बताए । निर्माण व्यवसायी महासङ्घका महासचिव दाहालका अनुसार भूकम्पलगत्तै चरमचुलीमा पुगेको निर्माण सामानको भाउ आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा घटेर सामान्य अवस्थामा आएको थियो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना नियन्त्रणका लागि सरकारले गरेको देशव्यापी बन्दाबन्दीपछि निर्माण सामग्रीको ढुवानी बढेर भाउ महँगो भएको उनको भनाइ छ ।

महासङ्घका अनुसार निर्माण सामग्रीको भाउ आव २०७३/७४ मा भन्दा आर्थिक वर्ष ३०७४/७५ र २०७५/७६ मा क्रमशः घटेको थियो । आव २०७३/७४ मा प्रतिबोरा सिमेन्ट एक हजार एक सय रुपैयाँ र प्रतिकेजी डन्डी ९० रुपैयाँसम्म पुगेको थियो ।

यस्तै अन्य सामान बालुवा, गिट्टी, इँटा लगायतका निर्माणमा प्रयोग हुने सामानमा पनि पनि त्यही अनुपातमा मूल्य बढेको थियो ।

तर आर्थिक वर्ष २०७५/७६ मा सिमेन्ट प्रतिबोरा ६५० देखि सात सय रुपैयाँ र डन्डी प्रतिकेजी ५८ देखि ६० रुपैयाँसम्ममा किनबेच भएको थियो । आर्थिक वर्ष २०७६/७७ को सुरुतिर श्रमिकको ज्यालाका कारण देखाउँदै उद्योगीले सिमेन्ट प्रतिबोरा नौ सय रुपैयाँ र डन्डी प्रतिकेजी ८०/८२ रुपैयाँसम्म पु र्‍याए । निर्माण व्यवसायीको विरोधपछि त्यसमा केही घटेको सिमेन्ट र डन्डीको भाउ अहिले पुनः बढेको निर्माण व्यवसायीले बताएका छन् ।

महासङ्घका अनुसार सिमेन्ट प्रतिबोरा ८५० देखि ९ सय रुपैयाँ, डन्डी प्रतिकेजी ८० रुपैयाँ र एक नम्बर इँटा प्रतिहजारको १७ हजार पाँच सयदेखि १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गिट्टी र बालुवा पनि त्यही अनुपातमा बढेको महासङ्घले जनाएको छ ।

उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ७ : ०७ बजे

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौँ । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप

काठमाडौं, ९ कात्तिक । अभिनेता राजेश हमाल हत्तपत्त कुनै पनि

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

नेपालगन्ज । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप प्रतियोगिता हुने

एनपीएलमा साविक विजेता लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता