२१ माघ २०८२, बुधबार | February 4, 2026

भदौ ४ गतेदेखि ६३ लाख कित्ता साधारण सेयर(आईपीओ) निष्काशन गर्दै रिलायन्स लाइफ इन्स्योरेन्स



काठमाडौ । रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि भदौ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। इन्स्योरेन्सले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६३ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने कम्पनीले जनाएको छ । निष्काशन गरिने कुल सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाएको छ ।

यस्तै ५ प्रतिशत कर्मचारीहरुका लागि छ भने बाँकी ५६ लाख ७० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ६३ हजार कित्तासम्म आवेदन दिन पाउनेछन।

इन्स्योरेन्स कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड तोकेको छ लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग दिएको छ। यसले इन्स्योरेन्सको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको देखाउँछ । इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ रहेको छ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ४७ करोड रूपैयाँ रहेको छ जुन संस्थापक शेयरधनीबाट कायम गरिएको हो । आईपीओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ११ : ३२ बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु