२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

सम्वादविहीनता तोडियो : ९ महिनापछि नेपाल र भारतबीच पहिलोपटक उच्चस्तरीय वार्ता हुँदै



काठमाडौं । नेपाल र भारतका उच्चअधिकारीहरुबीच छलफल हुने भएको छ । ९ महिनापछि दुई मुलुकका उच्चअधिकारीबीच पहिलोपटक वार्ता हुन लागेको हो ।

भदौ १ गते काठमाडौंमा हुने दुईपक्षीय वार्तामा नेपालको तर्फबाट परराष्ट्र सचिव शंकर बैरागी र भारतको तर्फबाट भारतीय राजदूत विनयमोहन कोत्राले नेतृत्व गर्नेछन् ।

वार्तामा नेपालमा भैरहेको भारतीय सहयोगमा निर्मित परियोजनाबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सीमा विवादका कारण रोकिएको दुई मुलुकबीचको सम्वादलाई नेपाल भारत ओभरसाइट मेकानिजमको आठौं बैठकबाट पुनः सुचारु गर्न प्रयास भएको मन्त्रालय स्रोतले बताएको छ ।

सन् २०१६ मा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा यो संयन्त्र स्थापना भएको थियो । यो संयन्त्रले भारतीय सहयोगका परियोजनाहरुको रेखदेख गर्दै समयमा सम्पन्न गर्नका लागि समेत आवश्यक पहल गर्दछ ।

यसअघि बसेको संयन्त्रको बैठकमा दुई पक्षबीच सीमा पार रेल, पेट्रोलियम पाइपलाईन, सडक, एकीकृत चेकपोष्ट, पुल, उर्जा, सिंचाई, बाढी लगायतका विषयसहित दुईपक्षीय परियोजनाको कार्यान्वयनको अवस्थाको बारेमा समिक्षा भएको परराष्ट्र मन्त्रालयले ८ जुलाई २०१९ मा जारी गरेको विज्ञप्तिमा जनाइएएको थियो ।

तर, सीमा मुद्दाका कारण रोकिएको दुई मुलुकबीचको नियमित वार्ता हुनसकेको थिएन । वार्तामा संयन्त्रका विषय मात्र छलफल नभै दुई मुलुकबीच बढेको पछिल्लो तनाबलाई समेत घटाउन भूमिका खेल्ने अपेक्षा परराष्ट्र मन्त्रालयले गरेको छ ।

‘दुई छिमेकीबीच वार्ता र सम्वाद् त हुनैपर्छ, सीमा मुद्दाले मात्र दुईपक्षीय सम्बन्ध रोकिनु हुँदैन भन्ने नेपालको मान्यता हो, रचनात्मक छलफल र सम्बन्धका लागि आगामी बैठक पुल बन्न सक्ने’ मन्त्रालयले विश्वास गरेको छ ।

नेपालको भूमि अतिक्रणम गर्दै आएको भारतले गत कात्तिकमा त्यसलाई वैधानिकता दिने ढंगले नयाँ नक्शा जारी गरेपछि नेपालले गम्भीर आपत्ति जनाएको थियो । त्यसलगत्तै नेपालले भारतसँग परराष्ट्रसचिवस्तरीय सीमा वार्ता गर्न बारम्बार पत्राचार गरेको थियो ।

तर, नेपालको प्रस्तावलाई अस्वीकार गर्दै भारतले गत जेठ पहिलो सातामा नेपाली भूमि अतिक्रमण गर्दै लिपुलेक पुग्ने सडक बनाएपछि दुई मुलुकबीच सीमा तनाब झन बढेको थियो । नेपालले समेत आफुनो भूमि समेट्दै नयाँ नक्शा जारी गरेपछि भारतले नेपालसँग सामान्य सम्बन्ध समेत स्थगित गरेको थियो ।

नेपाललाई दबाबमा राखेर झुकाउने भारतीय रणनीति अनुसार सबैखाले वार्ता रोकिएको बेलामा ट्रयाक टु डिप्लोमेसी अन्तर्गतका पहलहरुले दुई मुलुकबीच ९ महिनापछि पहिलो उच्चस्तरीय वार्ता हुन लागेको हो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १२ : ०२ बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम