२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

कान्तिपुरका सहायक सम्पादक बलराम बानियाँको निधन, मकवानपुरको सिस्नेरीमा शव फेला



काठमाडौं । कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको निधन भएको छ ।

बानियाँ सोमबारदेखि परिवार र कार्यालयसँग सम्पर्कबिहीन भएका थिए । बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत परियोजना क्षेत्रमा फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बताएका छन् । बानियाँको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेको प्रहरीले जानकारी दिएको कान्तिपुर दैनिकको अनलाइन संस्करणले उल्लेख गरेको छ ।

कान्तिपुरका अनुसार बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीले जनाएको छ ।

एसएसपी थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए । तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन ।

बानियाँ एकदशक भन्दा अघिदेखि कान्तिपुरमा कार्यरत रहेका थिए । बानिँयाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  २ : ४५ बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम