१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

नेपाल इन्स्योरेन्सको खुद नाफा १२ दशमलव ३६ प्रतिशतले वृद्धि



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा बढेको छ ।

नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तलुनामा कम्पनीको नाफा १२ दशमलव ३६ प्रतिशत बढि हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधीमा भन्दा २ करोड ६० लाख रुपैयाँले बढी आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सको खुद नाफा २१ करोड ४ लाख रुपैयाँ रहेको थियो।

यस्तै, कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बीमा शुल्क शिर्षकमा खुद ६५ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २० दशमलव ७८ प्रतिशत अर्थात ११ करोड २४ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले ५४ करोड १२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो।

यस्तै, समीक्षा अवधिसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट १३ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । यसैगरी लगानी कर्जा तथा अन्य आयबाट ६ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिसम्ममा इन्स्योरेन्सले एक लाख ४७ हजार ५१० वटा बीमालेख जारी गरेको छ । जसबाट कुल एक अर्ब १७ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यस्तै, यस अवधिमा ८ हजार ५९४ बीमालेख नविकरण भएका छन्।

कम्पनीले यस अवधिमा २ हजार ४२८ वटा दाबी बापत ७८ करोड ३९ लाख रुपैयाँ भुक्तानी गरेको छ । अझै पनि १ हजार ९७६ दाबी वापत ७३ करोड ७६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

चुक्ता पूँजी एक अर्ब ९ करोड ५५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३९ करोड ९६ लाख रुपैयाँ रहेको छ । यस्तै, बीमा कोषमा ४१ करोड ३३ लाख रुपैयाँ सञ्चित छ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै, प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनूपात २० दशमलव ३४ गुणा रहेको छ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १२ : ०१ बजे

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ : प्रतिपक्षी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौं । श्री वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका

चैत्र शुक्ल पूर्णिमा : हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त