३२ असार २०८३, बिहिबार | July 16, 2026

आज तीजको दर खाने दिन, कोरोना महामारीले देखिएन उत्साह



काठमाडौं । हिन्दु महिलाले मनाउने तीज पर्व अन्तर्गत आज दरखाने दिन, दर खाएर मनाइदैछ । विभिन्न मीठा मिठा परिकारका साथ दर खाने चलन छ ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले डर खाने दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्वतयारी गर्छन् । विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान छ ।

परापूर्वकालमा देवी पार्वतीले शीवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहिताहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै भोली ब्रत बस्ने चलन रहेको छ ।

महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् ।

यस अघिका तीजमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएकोमा यस बर्ष भने कोरोना महामारीका कारण त्यस्तो देखिएको छैन । एक महीना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधि हुने गरेको भएपनि कोरोनाले यसलाई यस बर्ष भने रोकेको छ ।

एक महीना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा तोकिएको छ ।

दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

यस बर्षभने कोरोना महामारीका कारण तीजको चहल पहल देखिएको छैन भने पर्व मनाउने माहोल पनि देखिएको छैन । भिड भाड नगर्न र नाचगान नगर्न धेरै जसो स्थानीय प्रशासनले निषेध गरेकाले यस पटक तीज सुनसान देखिएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ७ : ३८ बजे

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको