४ पुस २०८२, शुक्रबार | December 20, 2025

विद्युतीय कारोबारलाई प्राथमिकता दिन निर्देशन



काठमाडौं । पछिल्लो समय कोरोना सङ्क्रमणको दर उच्च बन्दै गइरहेका बेला सम्भावित जोखिमलाई ध्यान दिँदै वित्तीय क्षेत्र तथा पुँजी बजारमा विद्युतीय कारोबारलाई प्राथमिकता दिन नियामक निकायहरुले निर्देशन दिएका छन् ।

नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकहरु तथा मर्चेन्ट बैंकरहरुलाई अनलाइन माध्यमबाट सेवा दिन निर्देशन दिएका हुन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई न्यूनतम शाखा खोली न्यूनतम कर्मचारीबाट आधारभूत वित्तीय सेवा प्रदान गर्न, निश्चित समयको लागि आलोपालो मिलाई आधारभूत बैकिङ कारोबार गर्न निर्देशन दिंदै राष्ट्र बैंकले डिजिटल बैङ्किङलाई बढी प्राथामिकता दिन आग्रह गरेको छ ।

एटीएम मेसिनहरुमा पर्याप्त नगद राख्ने र सो को निगरानी गर्न पनि राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । निषेधाज्ञाको बेलामा अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट प्रतीतपत्र, ग्यारेन्टी जस्ता सञ्चालन गर्न निर्देशन दिंदै राष्ट्र बैंकले खुल्ने शाखाको विवरण तथा सम्पर्क व्यक्तिको फोन नम्बर वेबसाइटमा राख्न भनेको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ७ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको