१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

विद्युतीय कारोबारलाई प्राथमिकता दिन निर्देशन



काठमाडौं । पछिल्लो समय कोरोना सङ्क्रमणको दर उच्च बन्दै गइरहेका बेला सम्भावित जोखिमलाई ध्यान दिँदै वित्तीय क्षेत्र तथा पुँजी बजारमा विद्युतीय कारोबारलाई प्राथमिकता दिन नियामक निकायहरुले निर्देशन दिएका छन् ।

नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकहरु तथा मर्चेन्ट बैंकरहरुलाई अनलाइन माध्यमबाट सेवा दिन निर्देशन दिएका हुन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई न्यूनतम शाखा खोली न्यूनतम कर्मचारीबाट आधारभूत वित्तीय सेवा प्रदान गर्न, निश्चित समयको लागि आलोपालो मिलाई आधारभूत बैकिङ कारोबार गर्न निर्देशन दिंदै राष्ट्र बैंकले डिजिटल बैङ्किङलाई बढी प्राथामिकता दिन आग्रह गरेको छ ।

एटीएम मेसिनहरुमा पर्याप्त नगद राख्ने र सो को निगरानी गर्न पनि राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । निषेधाज्ञाको बेलामा अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट प्रतीतपत्र, ग्यारेन्टी जस्ता सञ्चालन गर्न निर्देशन दिंदै राष्ट्र बैंकले खुल्ने शाखाको विवरण तथा सम्पर्क व्यक्तिको फोन नम्बर वेबसाइटमा राख्न भनेको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ७ : ५२ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को