१० जेष्ठ २०८२, शनिबार | May 24, 2025

गुल्मीमा भाद्र ५ गतेबाट १ साता निषेधाज्ञा, आवागमन, निर्माण ब्यापार ब्यवसाय थप्प पारिने



गुल्मी । समुदायमा कोरोना संक्रमण लगातार बढ्न थालेपछि गुल्मी जिल्लामा पनि भाद्र ५ गतेबाट १ हप्ताका लागि निषेधाज्ञा जारी हुने भएको छ । बुधबार राती सम्पन्न जिल्ला स्तरिय कोभिड-१९ क्राईसिस मेनेजमेण्ट सेन्टरको बैठकले जिल्लामा निषधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

आवागमन खुकुलो बनाएसँगै अन्य जिल्लाबाट गुल्मीमा कोरोना भित्रिन सक्ने जोखिम तथा जिल्ला भित्रै समुदायमा संक्रमण देखिएपछि निषेधाज्ञा जारी गर्नु परेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए ।

प्रजिअ शर्माका अनुसार यसपटकको निषेधाज्ञा पहिले जारी गरेको लकडाउन वा निषेधाज्ञा जस्तो खुकुलो हुने छैन । आवागमनलाई पूर्ण बन्द गरिने छ भने अत्यावश्यक सामाग्रीका पसलहरु समेत सिमित समय मात्र खोल्न पाईने छ । बिकास निर्माण, कल कारखाना, आन्तरिक आवतजावत सबै बन्द हुने छन् ।

१ हप्ता सम्म जिल्ला बाहिरबाट जिल्लामा कुनै सामान ढुवानी गर्न र जिल्लाबाट बाहिर लैजान समेत नपाउने गरि निर्णय भएको प्रजिअ शर्माले बताए । ५ गते मध्यराती सम्म आफुलाई आवश्यक पर्ने सरसामान तथा आवश्यक सबैकुराको ब्यवस्था गर्न जिल्लाबासीलाई उनले आग्रह गरे । उनले ५ गते राती सम्म जिल्ला आउनु पर्नेलाई आईसक्न र जानु पर्नेलाई गई सक्न समेत अनुरोध गरे ।

अघिल्लो पटकमा निषेधाज्ञा उल्लंघन गर्नेलाई सम्झाई बुझाई छाड्ने गरिएकोमा यसपटक संक्रामक ऐन तथा स्थानीय प्रशासन ऐन बमोजिम कारवाहि नै अगाडी बढाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ऐनमा निषेधाज्ञा उल्लंघन गर्नेलाई १०० जरिवाना तथा १ महिना कैदको ब्यवस्था गरेको छ । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई काममा अवरोध पु¥याउन खोजे ६ महिना कैद र ६ सय जरिवानाको ब्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ९ : ३५ बजे

रमेश लेखकलाई गृहमन्त्रीबाट राजीनामा दिन शेखर कोइरालाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

काठमाडौँ । सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय ऐन,

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाका पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी