२५ असार २०८३, बिहिबार | July 9, 2026

गुल्मीमा भाद्र ५ गतेबाट १ साता निषेधाज्ञा, आवागमन, निर्माण ब्यापार ब्यवसाय थप्प पारिने



गुल्मी । समुदायमा कोरोना संक्रमण लगातार बढ्न थालेपछि गुल्मी जिल्लामा पनि भाद्र ५ गतेबाट १ हप्ताका लागि निषेधाज्ञा जारी हुने भएको छ । बुधबार राती सम्पन्न जिल्ला स्तरिय कोभिड-१९ क्राईसिस मेनेजमेण्ट सेन्टरको बैठकले जिल्लामा निषधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

आवागमन खुकुलो बनाएसँगै अन्य जिल्लाबाट गुल्मीमा कोरोना भित्रिन सक्ने जोखिम तथा जिल्ला भित्रै समुदायमा संक्रमण देखिएपछि निषेधाज्ञा जारी गर्नु परेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए ।

प्रजिअ शर्माका अनुसार यसपटकको निषेधाज्ञा पहिले जारी गरेको लकडाउन वा निषेधाज्ञा जस्तो खुकुलो हुने छैन । आवागमनलाई पूर्ण बन्द गरिने छ भने अत्यावश्यक सामाग्रीका पसलहरु समेत सिमित समय मात्र खोल्न पाईने छ । बिकास निर्माण, कल कारखाना, आन्तरिक आवतजावत सबै बन्द हुने छन् ।

१ हप्ता सम्म जिल्ला बाहिरबाट जिल्लामा कुनै सामान ढुवानी गर्न र जिल्लाबाट बाहिर लैजान समेत नपाउने गरि निर्णय भएको प्रजिअ शर्माले बताए । ५ गते मध्यराती सम्म आफुलाई आवश्यक पर्ने सरसामान तथा आवश्यक सबैकुराको ब्यवस्था गर्न जिल्लाबासीलाई उनले आग्रह गरे । उनले ५ गते राती सम्म जिल्ला आउनु पर्नेलाई आईसक्न र जानु पर्नेलाई गई सक्न समेत अनुरोध गरे ।

अघिल्लो पटकमा निषेधाज्ञा उल्लंघन गर्नेलाई सम्झाई बुझाई छाड्ने गरिएकोमा यसपटक संक्रामक ऐन तथा स्थानीय प्रशासन ऐन बमोजिम कारवाहि नै अगाडी बढाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ऐनमा निषेधाज्ञा उल्लंघन गर्नेलाई १०० जरिवाना तथा १ महिना कैदको ब्यवस्था गरेको छ । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई काममा अवरोध पु¥याउन खोजे ६ महिना कैद र ६ सय जरिवानाको ब्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ९ : ३५ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट