४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्युठानका कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु



बुटवल । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आज एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्यूठानका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

मृतक स्वर्गद्वारी नगरपालिका-७, सोत्रेका स्थायी बासिन्दा हुन् । प्रवक्ता डा. गौतमका अनुसार साउन ३२ गते प्युठानमा नै संक्रमण पुष्टि भएका उनी भदौ १ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । भारतबाट रोजगारी गरेर फर्किएका उनि नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए । स्वाव जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएसँगै उनमा खोकी लाग्ने ज्वरो आउने र स्वाशप्रस्वासमा समेत समस्या देखिएपछि बुटवल ल्याइएको थियो । कोरोना बिशेष अस्पतालमा उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी थियो ।

बिहान साढे ६ बजे मृत्यु भएको उनलाई सुगर र उच्च रक्तचाप समेत रहेको डा. गौतमले बताए ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ९ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको