२१ माघ २०८२, बुधबार | February 4, 2026

निषेधाज्ञामा रेमिट्यान्स कारोबार सुचारु गर्न राष्ट्र बैङ्कको परिपत्र जारी, रेमिट्यान्स कारोबार नरोकिने



काठमाडौं । नेपाल राष्ट्र बैङ्कले निषेधाज्ञाको समयमा  रेमिट्यान्स कारोबार सुचारु राख्न निर्देशन दिएको छ । शुक्रबार राष्ट्र बैङ्क विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले  परिपत्र जारी गर्दै सबै रेमिट्यान्स कम्पनीलाई स्थानीय प्रशासनको निषेधाज्ञालाई पालना हुनेगरी कारोबार सूचारु राख्न निर्देशन दिएका हुन् ।

राष्ट्र बैङ्कले निर्देशन दिएसँगै रेमिट्यान्स कम्पनीहरुले समेत आफ्नो कारोबार बन्द गर्न नपाउने भएका हुन् । राष्ट्र बैङ्कले जारी गरेको परिपत्रमा विदेशमा कार्यरत नेपाली नागरिकले नेपाल पठाएको विप्रेषण उनीहरुका आफन्तलाई भुक्तानी गर्न नसक्दा विप्रेषणबाट घरव्यवहार चलाउनुपर्ने नागरिकलाई अप्ठ्यारो पर्नसक्ने देखिएकोले निषेधाज्ञा आदेश अवधिभर विष्रेषणसम्बन्धी सेवा उपलब्ध गराउन भनिएको छ ।

परिपत्रमा सेवा सुचारु गर्दा निश्चित समयका लागि आलोपालो प्रणालीमा न्यूनतम कर्मचारीबाट विप्रेषणको भुक्तानी व्यवस्था मिलाउन, सम्भव भएसम्म बैङ्कबाट भुक्तानी हुने वातावरण बनाउन तथा भीडभाड नगरी स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न समेत भनिएको छ । परिपत्रमा रेमिट्यान्स कम्पनीहरुलाई सेवा सुचारु गर्ने सम्बन्धमा स्थानीय प्रशासनसँग नै समन्वय गर्न समेत सुझाइएको छ ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ४ : ११ बजे

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल